• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन

कृष्णपुरका किसानलाई परिचय पत्र वितरण



कञ्चनपुर । कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरण गर्न सुरुआत गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघको सहकार्यमा नगरपालिकाले किसानलाई वर्गीकरण सहितको परिचय पत्र वितरण गर्न सुरु गरेको हो

किसानलाई चार भागमा विभाजित गरी परिचय पत्र वितरण गर्न थालीएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताए । उनका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौतला किसान र ठुला किसानलाई अलग अलग श्रेणीमा वर्गीकरण गरी परिचय पत्र उपलव्ध गराउने कार्य भैरहेको छ ।

तीन कठ्ठासम्म जग्गा भएका, कृषिबाट एक लाख भन्दा कम बार्षिक आय भएकालाई भूमिहीन, सीमान्तकृत, किसान मजदुरका रुपमा राखिएको छ । त्यस्ता किसानलाई १०० प्रतिशत अनुदान पाउने श्रेणीमा राखिएको छ । चार कठ्ठादेखि १५ कठ्ठा सम्म जग्गा भएका, कृषि कार्यबाट रु एक लाख देखि रु पाँच लाख सम्म वार्षिक आय हुने किसानलाई साना किसानका रुपमा राखिएको छ ।

साना किसानलाई ७५ प्रतिशत अनुदान उपलव्ध गराईने छ । पन्ध्र कठ्ठादेखि तीन विघा जग्गा भएका , कृषिबाट रु पाँच लाख देखि रु १५ लाख वार्षिक आय भएका किसानलाई मझौला किसानका रुपमा राखिएको छ । मझौला किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । तीन विघा भन्दा बढी जग्गा भएका कृषि कार्यबाट रु १५ लाख देखि ५० लाख सम्म आय भएका किसानलाई ठुला किसानका रुपमा राखेर परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।

यस्ता किसानलाई २५ प्रतिशत अनुदान उपलव्ध गराइने छ । जग्गा भाडामा दिने, स्वयं खेती नगर्ने, जागिर गर्ने, अर्कोलाई जग्गा कमाउन दिने किसानलाई सुचिकृत नगरिएको कार्यालय प्रमुख धामीले बतााए ।

“नगरपालिका नौ वटै वडा कार्यालय मार्फत परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाएका छौं” कृषि शाखा प्रमुख धामीले भने, “परिचय पत्र वितरण गर्ने कार्यको सोमवार नगर प्रमुख हेमराज ओझाले शुभारम्भ गर्नुभएको छ , पहिलो दिन ४० बढी परिचय पत्र वितरण भएका छन,बाँकी परिचय पत्र वडा कार्यालयले बाँडछन ।” नगरपालिकाका १४ हजार २६८ किसानलाई परिचय पत्र वितरण गर्नका लागि सूचिकृत गरेको छ ।

भूमिहीन, सीमान्तकृत, किसान मजदुरको सङख्या चार हजार ३८९, साना किसान पाँच हजार २०१, मझौला किसान एक हजार ५६५ र ठुला किसान ३२२ रहेका छन । सूचिकृत नहुने किसान ३७२ रहेका छन ।“गणकहरुको नियुक्ति गरी तालिम दिएर किसानको घर घरमा तथ्याङ्क संकलनको कार्य गरयौं” उनले भने, “त्यसपछि प्राप्त तथ्याङकलाई कम्प्युटरमा प्रष्टि गरी सफ्टवेयरको माध्यमबाट चार श्रेणीका किसानको पहिचान गरी परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।”

परिचय पत्रकै आधारमा नगरपालिकाबाट किसानलाई बीउविजन, मलखाद, कृषि औजार, उपकरण लगायत अनुदानका उपलब्ध गराइने उनले जानकारी दिए । नगर प्रमुख हेमराज ओझाले नगरपालिका भित्र बसोवास गर्ने वास्तविक किसानको पहिचान गरी हक अधिकार सुनिश्चित गर्नका लागि बर्गीकरण सहितको परिचय पत्र वितरण भैरहेको बताए ।