• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल

साफ च्याम्पियनशिपमा भारतलाई हराउँदै बङ्गलादेश विजयी



काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा मंगलबार भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । साफ च्याम्पियनशिपको इतिहासमा भारत पहिलो पटक पराजित भएको हो । सन् २०१० देखि सुरुआत भएको उक्त च्याम्पियनशिपमा भारत अपराजित रहँदै आएको थियो ।

बङ्गलादशेको जीतमा मोसमात सिराज जाहनले दुई गोल गरिन भने श्रीमोती कृष्णरानी सरकारले एक गोल थपिन् । खेलको पहिलो हाफको सुरुआतदेखि नै निकै आक्रामक देखिएको बङ्गलादेशले खेलको ११औँ मिनेटमा पहिलो अग्रता लियो ।

बङ्गलादेशकी खेलाडी मोसमातले गोल गर्दै बङ्गलादेशलाई पहिलो अग्रता दिलाएकी हुन् । उनले कृष्णारानी सरकारको प्रहारलाई दुई डिफेन्सको चुनौती पार गर्दै पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट गोल गरिन् ।

त्यस्तै खेलको २३औँ मिनेटमा बङ्गलादेशले आफ्नो अग्रता दोब्बर पा¥यो । कृष्णारानीले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरको बीचमा बल अघि बढाउँदै सुन्दर गोल गरिन् । त्यसपछि बङ्गलादेशले खेलको दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको ५३ औं मिनेटमा सविना खातुनको पासलाई सदुपयोग गर्दै मोसमातले गोल गरेपछि बङ्गलादेशले भारतमाथि ३–० गोलको सहज जीत निकाल्यो । समूह ‘ए’ बाट भारत र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए ।

बङ्गलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३–० तथा पाकिस्तानमाथि ६–० को जीत निकालेको थियो भने भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० र दोस्रोमा माल्दिभ्सलाई ९–० ले हराएको थियो ।

जीतसँगै बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो भने सोही समूहमा रहेको भारत पनि उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । समूह ‘ए’ मा नै रहेको माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

त्यसैगरी साफ च्याम्पियनशिपअन्तर्गतको सेमिफाइनल खेलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त खेल यही भदौ ३१ गते हुनेछ ।

समूह ‘बी’ को उपविजेता भूटानले समूह ‘ए’ को विजेता बङ्गलादेशसँग खेल्ने पक्का भएको छ । उक्त सेमिफाइनल खेल पनि भदौ ३१ गते नै हुनेछ । प्रतियोगितामा समूह ‘बी’ बाट श्रीलङ्का बाहिरिएको छ ।