• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसंग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

डुम्रे–बेँसीशहर–चामे सडकको पहिराले मनाङलाई सास्ती



मनाङ। हिमाली जिल्ला मनाङ कहिले बाढी र पहिरोको चपेटामा पर्छ त कहिले छिमेकी जिल्लाको मारमा पर्दै आएको छ । दसैँ नजिकिँदै गर्दा जिल्ला फर्किने मनाङवासीलाई सकसको यात्रा झेल्नुपर्ने भएको छ ।

गत वर्ष बाढीपहिरोको मारमा परेको मनाङले यस वर्ष छिमेकी जिल्ला लमजुङको सडकको मार खेप्नुपर्ने भएको छ । मनाङ आउने तथा लमजुङको सदरमुकाम बेँसीसहर आउने एक मात्र सडकको दुरावस्थाले सास्ती खेप्नुपर्ने भएको हो ।

बेँसीसहर नगरपालिका–१ उदिपुरमा केही समयअघि मात्रै ठूलो पहिरो खसेपछि वैकल्पिक सडकमार्फत यात्राको प्रबन्ध मिलाइएको छ । तर यस सडकको दुरावस्थाले लमजुङवासी मात्रै नभएर विकट जिल्ला मनाङवासीको मेरुदण्डको सडकले समस्या थप्दै आएको छ । गत वर्ष नै पहिरोले सडक भासिएपछि हालसम्म मर्मत तथा सम्भार एवं निर्माणको काम शून्य रहेको यस सडकमार्फत हुने यात्रामा प्रस्ट देखिन्छ ।

उक्त सडक खण्डको दुरावस्था मर्मतसम्भार गर्नुको साटो सडकसँग सम्बन्धित निकाय भने मूकदर्शक भएर बसेको लमजुङका स्थानीयवासी बताउँछन् । सदरमुकाम पुग्न यस सडकमार्फत यात्रा गर्दा ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपरेको स्थानीयवासीको भनाइ छ । यता डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले दुरावस्थामा यात्रा गरिरहेको भए पनि असोजदेखि मात्रै काम हुने जनाउँदै आएको छ ।

दुई जिल्लाको मेरुदण्डको सडक नै समयमा निर्माण हुन नसक्दा सर्वसाधारणलाई सदरमुकाम पुगेर काम गर्नसमेत लामो समय खर्चिनुपरेको स्थानीयवासी बताउँछन् । यस सडकमार्फत नै मनाङमा उत्पादित स्याउलगायत विभिन्न व्यापारिक कार्य गर्नुपर्ने हुन्छ । तर सडकको दुरावस्थाले सकस भएको मनाङका स्याउ कृषक बताउँछन् ।

यति बेला जिल्लामा उत्पादित स्याउ बजारमा पु¥याउने तथा पर्यटक आउने अनुकूल समय भएको छ । तर सडकको दुरावस्थाले कोभिड–१९ सङ्क्रमण न्यूनीकरणपछि पर्यटक आउने अवसरलाई सकस बनाएको मनाङवासी बताउँछन् ।

“मनाङको मेरुदण्डका रूपमा रहेको डुम्रे–बेँसीसहर–चामे सडक खण्डको बेँसीसहर आउन अगाडि नै सकस झेल्नुपर्छ । मनाङ आउन हिँडेका पर्यटक सडकको अवस्था देखेर नै फर्किन्छन् कि भन्ने समस्या भएको छ । लमजुङवासीले पहल गर्न सके उनीहरुसँगै मनाङवासीलाई सहज हुने थियो”, मनाङका पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले भन्नुभयो ।

मनाङवासीले यही मार्ग हुँदै खाद्यान्नलगायत विकास निर्माणका लागि पूर्वाधारका सामग्री ओसरपसार गर्नुपर्ने हुन्छ । वर्षामा बाढीपहिरो, हिउँदमा हिमपातले गर्दा जिल्लाको विकास निर्माण तथा खाद्यान्न ढुवानीमा समस्या भए पनि मुख्य सडक पर्ने छिमेकी जिल्लामा समस्या आए मनाङलाई पनि प्रभाव पर्ने गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । यो समस्या समाधान भएमा लमजुङसँगै मनाङवासीलाई समेत सहज हुने उहाँको भनाइ छ ।

बर्सेनि यो समस्याले मनाङवासीका साथै पर्यटकलाई आवतजावतमा कठिनाइ भएको स्थानीयवासी बताउँछन् । छिमेकी जिल्लामा समेत पहिरोले सडक खसेपछि सहज तवरबाट यात्रा गर्न कहिले पनि नपाउने हो कि भन्ने मनाङवासीको चिन्ताको विषय बनेको छ । रासस

फोटो-नविन लामिछाने