• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo

जापानका सर्वजेष्ठ पुरुषको ११२ वर्षको उमेरमा निधन



एजेन्सी । जापानका सबैभन्दा वृद्ध मिकिजो उएडाको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले मङ्गलबार जनाएको छ ।

उनको जन्म सन् १९१० मे महिनामा भएको थियो । उनको निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसै साता देशकै वृद्धहरूमध्येबाट अर्को सर्वजेष्ठ नागरिक घोषणा गर्ने तयारी गरेको छ ।

गिनिज वल्र्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता पाएकी ११९ वर्षीया जापानी महिला केन तानाकाको यस वर्षको अप्रिल १९ मा फुकुओका प्रिफेक्चरमा निधन भएको थियो ।

उनको मृत्युसँगै, जापानको सबैभन्दा वृद्ध व्यक्ति अब ओसाका प्रिफेक्चरमा बस्ने ११५ वर्षीया महिला फुसा तात्सुमी हुन् ।

जापानका जिरोमोन किमुरा, गिनिज वल्र्ड रेकर्ड्स द्वारा प्रमाणित सबैभन्दा लामो समय बाँचेका पुरुष थिए उनी (११६ वर्ष र ५४ दिन) को उमेरमा जुन २०१३ मा निधन भएको थियो ।