• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्साललाई बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो

साफ च्याम्पियनसिपमा पाकिस्तानको पहिलो जित



काठमाडौँ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । पाकिस्तानको जितमा नाडिया खानले ह्याट्रिकसहित चार गोल गरिन् भने रामिन फारिद, खादिजा काज्मी र अनमुल हिराले समान एक÷एक गोल गरिन् ।

खेलको ३९औँ मिनेटमा रामिनले गोल गर्दै पाकिस्तानलाई सुरुआती अग्रता दिलाइन् । त्यस्तै खेलको ४८ औँ मिनेटमा काज्मीले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २–० को अग्रता दिलाइन् । खेलको ५३ औँ मिनेटमा नाडियाले गोल गरेपछि पाकिस्तानले तेस्रो अग्रता लियो । त्यसपछि खेलको ७८ औँ मिनेटमा नाडियाले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई ४–० को अग्रता दिलाइन् ।

खेलको ८४ औँ मिनेटमा नाडियाले ह्याट्रिक पूरा गर्दै पाकिस्तानलाई ५–० गोलको अग्रता दिलाइन् । खेलको ९० औँ मिनेटमा नाडियाले व्यक्तिगत चौथो गोल गर्दा पाकिस्तानले ६–० को अग्रता बनायो ।

खेलको दोस्रो हाफको अतिरिक्त समममा अनमुलले गोल गरेपछि पाकिस्तान ७–० गोलअन्तरले विजयी भयो । यस जितसँगै पाकिस्तानले महिला साफ च्याम्पियनसिपको सुखद् अन्त्य गरेको छ । समूह ए मा रहेको पाकिस्तानले तीन खेलमा तीन अङ्क जोड्यो ।

यस खेलसँगै समूह ए बाट पाकिस्तान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा माल्दिभ्स भने जितबिहीन रह्यो । यस समूहबाट भारत र बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

आजै हुने भारत र बङ्गलादेशबीचको दोस्रो खेलले समूह ए को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । सो खेल अहिले ५ः३० बजे सुरु भएको छ । समूह बीबाट भने नेपाल र भुटान सेमिफाइनलमा पुगेका छन् । नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।