• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   कतारका अमिरको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह ★   सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ – गृहमन्त्री ★   टी–२० विश्वकपका लागि सुनिल नारायणले सन्यास फिर्ता लिन्छन् ? ★   धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु ★   प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट ★   काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण ★   नेपालसँग हुने टी–२० खेलका लागि वेस्टइन्डिज ‘ए’ को बलियो टोली घोषणा ★   लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार ★   कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ- तस्बिरहरु ★   कतारी राजाको भ्रमणः राष्ट्रपतिबाट विमानस्थलमा स्वागत, सोल्टीमा राजकीय भोज

साफ च्याम्पियनसिपमा पाकिस्तानको पहिलो जित



काठमाडौँ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । पाकिस्तानको जितमा नाडिया खानले ह्याट्रिकसहित चार गोल गरिन् भने रामिन फारिद, खादिजा काज्मी र अनमुल हिराले समान एक÷एक गोल गरिन् ।

खेलको ३९औँ मिनेटमा रामिनले गोल गर्दै पाकिस्तानलाई सुरुआती अग्रता दिलाइन् । त्यस्तै खेलको ४८ औँ मिनेटमा काज्मीले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २–० को अग्रता दिलाइन् । खेलको ५३ औँ मिनेटमा नाडियाले गोल गरेपछि पाकिस्तानले तेस्रो अग्रता लियो । त्यसपछि खेलको ७८ औँ मिनेटमा नाडियाले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई ४–० को अग्रता दिलाइन् ।

खेलको ८४ औँ मिनेटमा नाडियाले ह्याट्रिक पूरा गर्दै पाकिस्तानलाई ५–० गोलको अग्रता दिलाइन् । खेलको ९० औँ मिनेटमा नाडियाले व्यक्तिगत चौथो गोल गर्दा पाकिस्तानले ६–० को अग्रता बनायो ।

खेलको दोस्रो हाफको अतिरिक्त समममा अनमुलले गोल गरेपछि पाकिस्तान ७–० गोलअन्तरले विजयी भयो । यस जितसँगै पाकिस्तानले महिला साफ च्याम्पियनसिपको सुखद् अन्त्य गरेको छ । समूह ए मा रहेको पाकिस्तानले तीन खेलमा तीन अङ्क जोड्यो ।

यस खेलसँगै समूह ए बाट पाकिस्तान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा माल्दिभ्स भने जितबिहीन रह्यो । यस समूहबाट भारत र बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

आजै हुने भारत र बङ्गलादेशबीचको दोस्रो खेलले समूह ए को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । सो खेल अहिले ५ः३० बजे सुरु भएको छ । समूह बीबाट भने नेपाल र भुटान सेमिफाइनलमा पुगेका छन् । नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।