• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना

१ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार महावीर पुनलाई



काठमाडौं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ ।

मंगलवार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पु¥याउन आवश्यक रहेको बताउनु भयो । उहाँले एउटा मात्रै आविष्कार केन्द्रहरु नभइ धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताउनु भयो ।

आविष्कार केन्द्रहरु खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उहाँको भनाइ थियो । देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरु रोजगारीको लागि बाध्य भएर विदेश जानु नपर्ने बताउनु भयो । उहाँले आविष्कार केन्द्रहरुलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नती कहिल्यै नहुने दाबी गर्नुभयो । अध्यक्ष पुनले हाईवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउनु भयो । उहाँले अर्थतन्त्र बिग्रिएको खण्डमा सबै क्षेत्रमा तहसनहसको अवस्था बन्ने बताउनु भयो ।

कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताउनु भयो । उहाँले दक्षिण एशियामा विकासको ठूलो नारा दिएपनि सबैभन्दा गरिब मुलुकमा स्थपित रहेको दाबी गर्नुभयो । उहाँले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताउनु भयो ।

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गर्नुभएको हो । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ ।