• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत ★   प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कृषि विकास बैंक ४ करोड घोटालाः पूर्वजर्नेल र उनकी प्रेमिकालाई कैद सजाय



काठमाडौं । विशेष अदालतले पूर्वसहायक रथी रमेशराज विष्ट र उनकी प्रेमिका भनिएकी दिपीका रेग्मीलाई कैद सजाय सुनाएको छ ।

अदालतले कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी विष्ट र सोही बैंककै कर्मचारी रेग्मीलाई सोमबार कैद सजाय सुनाएको छ ।

विष्टलाई ४ वर्ष र रेग्मीलाई ८ वर्ष कैद सजाय भएको छ । न्यायाधीशहरु शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई भदौ ७ गते दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी दुईसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेषमा मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध चार करोड २४ लाख १३ हजार ६१५ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो । आरोपित बाँकी ६ जनाले भने सफाइ पाएका छन् । रेग्मी बैंकमा टेलर सहायक पदमा कार्यरत थिइन् ।

अनुसन्धानका क्रममा रेग्मीले बैंकको पैसा व्यक्तिगत प्रयोजनमा खर्च गरेको देखिएको थियो । बैंकबाट उनले लिएको पैसामध्ये ३१ लाख ३८ हजार ८६४ रुपैयाँ पूर्वसहायक रथी विष्टको खातामा जम्मा गरेकी थिइन् ।

यस्तै, विशेषले रेग्मीलाई तीन करोड ९२ लाख ४४ हजार ४४७ रुपैयाँ र विष्टलाई ३१ लाख ६८ हजार ६४४ रुपैयाँ जरिवाना तोकेको छ ।

उनीहरुविरुद्ध यसअघि सोही प्रकरणमा बैङ्किङ कसुरमा पनि मुद्दा दायर भएको थियो ।