• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ? ★   एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु ★   महिला टोलीका ६ जनाले मलेसिया सुपर वुमन्स कप खेल्ने ★   संसद् जनताप्रति उत्तरदायी हुनुपर्छः नारायणदत्त भट्ट ★   चेन्नई र लखनउका दुबै कप्तानलाई १२–१२ लाख जरिवाना ★   धोनी आईपीएलमा ५ हजार रन बनाउने पहिलो विकेटकिपर ★   सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)

कृषि विकास बैंक ४ करोड घोटालाः पूर्वजर्नेल र उनकी प्रेमिकालाई कैद सजाय



काठमाडौं । विशेष अदालतले पूर्वसहायक रथी रमेशराज विष्ट र उनकी प्रेमिका भनिएकी दिपीका रेग्मीलाई कैद सजाय सुनाएको छ ।

अदालतले कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी विष्ट र सोही बैंककै कर्मचारी रेग्मीलाई सोमबार कैद सजाय सुनाएको छ ।

विष्टलाई ४ वर्ष र रेग्मीलाई ८ वर्ष कैद सजाय भएको छ । न्यायाधीशहरु शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई भदौ ७ गते दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी दुईसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेषमा मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध चार करोड २४ लाख १३ हजार ६१५ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो । आरोपित बाँकी ६ जनाले भने सफाइ पाएका छन् । रेग्मी बैंकमा टेलर सहायक पदमा कार्यरत थिइन् ।

अनुसन्धानका क्रममा रेग्मीले बैंकको पैसा व्यक्तिगत प्रयोजनमा खर्च गरेको देखिएको थियो । बैंकबाट उनले लिएको पैसामध्ये ३१ लाख ३८ हजार ८६४ रुपैयाँ पूर्वसहायक रथी विष्टको खातामा जम्मा गरेकी थिइन् ।

यस्तै, विशेषले रेग्मीलाई तीन करोड ९२ लाख ४४ हजार ४४७ रुपैयाँ र विष्टलाई ३१ लाख ६८ हजार ६४४ रुपैयाँ जरिवाना तोकेको छ ।

उनीहरुविरुद्ध यसअघि सोही प्रकरणमा बैङ्किङ कसुरमा पनि मुद्दा दायर भएको थियो ।