• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

थाइल्याण्डः रानीको जस्तो पहिरन लगाएको अभियोगमा २ वर्ष जेल सजाय



प्रतीकात्मक तस्बिर

एजेन्सी । थाइल्यान्डमा एक कार्यकर्तालाई थाई रानीको जस्तो पहिरन लगाएर राजतन्त्रको अपमान गरेको भन्दै दुई वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०२० मा बैंककमा भएको राजनीतिक प्रदर्शनमा २५ वर्षीया जाटुपोर्न ‘न्यु’साओउङले गुलाबी रंगको पोसाक लगाएकी थिइन् ।

थाइल्यान्डमा कुख्यात कानुन छ, जसले प्रभावकारी रूपमा राजा र अन्य शाही परिवारको आलोचना गर्न प्रतिबन्ध लगाएको छ ।

यद्यपि, उनले आफूमाथि लगाइएको शाही अपमानको आरोप अस्वीकार गरेकी छिन् । आफूले भर्खरै परम्परागत पोसाक लगाएको उनको दाबी छ ।