• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल ★   डढेलोले खोटाङमा तेह्र घर खरानी ★   ट्रयाक्टरले किचेर एकको मृत्यु ★   चित्रकलामा भविष्य खोजिरहेकी निर्मला ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा

यस्ता छन् नुवाकोट र रसुवामा कृषिका कार्यक्रम



फाईल फोटो

त्रिशूली । कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा रु १० करोड ६१ लाख बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बागमती प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्र नुवाकोटको कार्यक्षेत्र दुई जिल्ला भएकाले सोहीअनुसार प्राप्त बजेटको योजना तथा कार्यक्रम दुई जिल्लामै सञ्चालन गर्न लागेको ज्ञान केन्द्र प्रमुख केशव खनालले जानकारी दिनुभयो । उहाँका अनुसार किसान र स्थानीय तहमार्फत माग भएर आएका, पुराना कार्यक्रमका निरन्तरता र प्रदेश सरकारको लक्ष्यअनुरुपका विभिन्न २७ शीर्षकका कार्यक्रम चालु आवमा सञ्चालन गर्न लागिएको हो ।

“साना सिँचाइ, खाद्यान्न/तरकारी/आलु/कफी/रैथाने बालीको प्रवद्र्धन, साना यन्त्र–उपकरण वितरणलगायतका कार्यक्रमलाई प्राथमकितामा राखेका छौँ”, केन्द्र प्रमुख खनालले भन्नुभयो, “उद्यमशीलता प्रवद्र्धन, कृषि विकासका लागि बीउ पूँजी कोष परिचालन, क्षमता विकासका तालिम तथा समन्वयात्मक भूमिकाका लागि बजेट विनियोजन गरिएको छ ।”

साविकको कृषि विकास कार्यालय रहँदा अधिकार सम्पन्न भए पनि हाल समन्वयका रूपमा रहेको ज्ञान केन्द्रले क्रमशः किसान लक्षित कार्यक्रम सञ्चालन गर्दै सेवाको दायरा बढाउन थालेको छ । गत आवमा रु १० करोड ३७ हजार लागतमा ३६ वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको केन्द्रले चालु आवमा योजनाको सङ्ख्या घटाएर बजेटको आकार बढाएको जनाएको छ ।

जिल्लामा उत्पादन हुँदै आएका बाली धान, मकै, गहुँ, कोदो, आलु, विभिन्न जातका तरकारी, किवी, स्ट्रबेरी, चिया र कफीको प्रवद्र्धनका लागि बजेटले प्राथमिकता पाएको छ । यस्तै रसुवामा आलु, कालोमुसुरो, स्याउ र विभिन्न जातका तरकारीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सहयोग पुग्ने गरी योजना तथा कार्यक्रम समावेश गरिएको छ ।