• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपका लागि सुनिल नारायणले सन्यास फिर्ता लिन्छन् ? ★   धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु ★   प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट ★   काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण ★   नेपालसँग हुने टी–२० खेलका लागि वेस्टइन्डिज ‘ए’ को बलियो टोली घोषणा ★   लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार ★   कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ ★   कतारी राजाको भ्रमणः राष्ट्रपतिबाट विमानस्थलमा स्वागत, सोल्टीमा राजकीय भोज ★   इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान ★   लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

पर्वतमा कानुन विपरीत निकालिएका नदीजन्य बस्तु लिलाम गरिने



पर्वत । पर्वतको जलजला गाउँपालिकाले कानुन विपरीत कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तु लिलाम बिक्री गर्ने भएको छ । सर्वोच्च अदालतको आदेश विपरीत ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएका नदीजन्य बस्तु जफत गरी लिलाम बिक्री गर्न लागिएको हो । उक्त गाउँपालिकाले सरोकारवालाको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तु लिलाम बिक्री गर्न सोमबार नाप जाँच गरेको छ ।

पर्वतको वारी बेनीदेखि दमुवा खोलासम्म अवैध रुपमा उत्खनन् गरेर थुपारिएको बालुवा लिलाम बिक्री गर्न लागत अनुगमन गरिएको उक्त गाउँपलिकाका उपाध्यक्ष एवं अनुमगन टोलीका संयोजक दीपक आचार्यले बताउनुभयो ।

साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत उत्खनन् गरिएको बालुवा लिलाम बिक्री गर्न गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, जिसस र पालिका इञ्जिनीयर, सुरक्षाकर्मीलगायत उपस्थितमा किनारमा थुपारिएको नदीजन्यबस्तु नापजाच गरी प्राप्त प्रतिवेदनलाई कार्यपालिकाको बैठकले लिलाम बिक्रीका लागि प्रक्रियाअघि बढाउने भएको छ ।

गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजर सिल गरिएको थियो । वर्षात्को समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै व्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्दै बेच्ने गरेका छन् । राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको संरक्षणमा पर्वत खण्डमा कानुन विपरीत ठेक्का नलागेको ठाउँमा पनि उपकरण प्रयोग गरेर अवैधरुपमा बालुवा उत्खनन् बढिरहेको जनगुनासो छ । म्याग्दी, पर्वत, बागलुङ क्षेत्रमा कानुन विपरीत नदीजन्यबस्तुको उत्खनन् बढी देखिन्छ ।