• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

राहत सामग्री लिएर कराँची गयो वायुसेवा निगम



काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडीले राहत सामग्री लिएर पाकिस्तानको कराची प्रस्थान गरेको छ ।

२२ टन राहत सामग्री लिएर उडान गर्ने सो विमानमा परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा ६ जना कर्मचारी, ५ जना सञ्चारकर्मी, एक जना स्वास्थ्यकर्मी र निगमका एक कर्मचारीसहित १३ जना यात्रु रहेको बताइएको छ।

विमान भारतको हवाईमार्ग हुँदै पाकिस्तानको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री छोडेर आजै काठमाडौँ फर्कने बताइएको छ ।

मन्त्रिपरिषद्को बैठकले विनाशकाली बाढीबाट अत्यन्त प्रभावित बनेको पाकिस्तानमा राहत सामग्री पठाउने निर्णय गरेको थियो ।