• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo

प्रतितोला ८ सय रुपैँयाले बढ्यो सूनको मूल्य



काठमाडौं । बिहीबार नेपाली सूनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैँयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधबार ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।