• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी ★   चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला ★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु

तिहारमा ग्रस्तास्त सूर्यग्रहण, चार प्रहरसम्म ग्रहण बार्नुपर्ने शास्त्रसम्मत



फाईल फोटो

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारमा ग्रस्तास्त सूर्यग्रहण परेकाले त्यसका आधारमा शास्त्रसम्मत निर्णय गरिएको जनाएको छ । समितिले आज यस वर्षको तिहार अर्थात् स्वन्ति पर्वका विषयक छलफलमा समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले कात्तिक ८ गते मङ्गलबार ग्रस्तास्त सूर्यग्रहण परेकाले त्यस दिन चार प्रहरसम्म ग्रहण बार्नुपर्ने शास्त्रीय नियमअनुसार निर्णय गरिएको जानकारी गराउनुभयो ।

कात्तिक ९ गते सूर्योदय नभएसम्म केही गर्नु नहुने शास्त्रीय वचनअनुसार निर्णय गरिएको समितिले जनाएको छ । तिहारका विषयमा पाटन र भक्तपुरका नेवार समुदायले फरकफरक निर्णय सार्वजनिक गरेपछि समितिले आज गरेको छलफलका क्रममा समितिमा फेरि छलफल गर्ने र अर्को वर्षदेखि यस्ता विषयमा पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्नुअघि नै सरोकार भएकासँग छलफल गरिने पनि अध्यक्ष अधिकारीको प्रतिबद्धता छ ।

समिति सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले ग्रहणको शास्त्रीय आधार नबुझी यस वर्षको तिहारको निर्णय हुन नसक्ने भएकाले त्यसैअनुरुप निर्णय गरिएको बताउनुभयो । समितिले शास्त्रसम्मत निर्णय गरेको उल्लेख गर्नुहुँदै उहाँले शास्त्रसम्मत निर्णय मान्ने कि स्वेच्छाचारितामा अघि बढ्ने निर्णय गर्न व्यक्ति स्वतन्त्र रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल, पञ्चाङ्गकार सिद्धिलक्ष्मी व्यञ्जनकार, नेवाः देय दबूका अध्यक्ष पवित्र बज्राचार्य, हीरण्यवर्ण महाविहारका पुष्पराज बज्राचार्य, भक्तपुरका ज्योतिषी कृष्णराज जोशी, जोशी समाजका सुरेन्द्रगोविन्द जोशी, ललितपुरका ज्योतिषीहरू कीर्तिमदन जोशी र केशवगोविन्द जोशीलगायतले छलफल जारी राखी ठोस निर्णयमा पुग्नुपर्नेमा जोड दिनुभएको थियो ।

यस वर्ष कात्तिक ५ गते शनिबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु हुने समितिले जनाएको छ । ५ गते यमदीपदान, धनत्रयोदशी ९धनतेरस०, ६ गते आइतबार कागतिहार, ७ गते सोमबार कुकुर तिहार, नरक चतुर्दशी, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि, ८ गते मङ्गलबार गाईपूजा, खण्डग्रास सूर्यग्रहण, ९ गते बुधबार गोवद्र्धनपूजा, आत्मपूजा (म्हपूजा) र १० गते बिहीबार भाइटीका ९किजापूजा० परेको छ ।