• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन

कर्कलो सस्तो भन्दैमा हेप्न पर्दैन !



ऋषि पञ्चमीको दिनमा बिहान नुहाएर पुजा गरेपछि महिलाहरुले कर्कलो र भात खाने चलन छ। त्यो दिन पकाइने कर्कलो र भात म बडो मिठो मानेर खान्छु।

‘कर्कलोको नाम लिएपछि त्यस्तो पनि तरकारी हुन्छ र ? के खाने छ्या ! भनेर नाक खुम्च्याउनेहरु पनि धेरै भेटिन्छन्। कर्कलोमा पाइने पौष्टिक तत्वबारे थाहा भएको सायद यसरी नाक खुम्च्याउने मध्ये धेरैले आहा ! भन्ने थिए। नखाने हरुले पनि खान थाल्थे होलान्।

कर्कलोको हरियो पात पकाउँदा कतिपय अवस्थामा कोक्याउने पनि हुन्छ। तर अमिलो यसमा अमिलो हालेपछि, त्यो कोक्याउने हट्छ।

फलामको भाँडामा पकाएको कर्कलो अमिलो गोलभेडा र भातसँग खायो भने यसले शरिरमा लौहतत्व पर्याप्त प्रदान गर्छ। शायद त्यसैले हाम्रो सँस्कृतिमा तीज र पञ्चमीको ब्रतपछि शरिरलाई उर्जा र पोषण दिन भनेर कर्कलो भात खाने चलन चल्यो हाेला ।

ऋषि पञ्चमीको दिनमा कर्कलो खोजीखोजी खाइन्छ। तर अरु दिनमा पनि कर्कलो खाइयो भने रक्तअल्पताबाट बच्न खुब मद्दत गर्ने थियो।

नेपालमा मात्र होइन कर्कलो त चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि प्रयोग गरिन्छ। दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा, देराममा सुप बनाएर खाइन्छ।
कर्कलोको जरा अर्थात पिँडालुलाई आलुको सट्टामा पनि कतिपय ठाउँमा प्रयोग गरिन्छ युरोपमा रोमन कालदेखि नै यसलाई प्रयोग गरिन्थ्यो। त्यो बेलामा पिँडालु कसरी पकाएर खाने भनेर किताबमा नै लेखिएको थियो।

नेपालमा कर्कलो र पिँडालुलाई अलि अपहेलित खाना मानिन्छ। तर र्ककलो र मासको मस्यौरा तातो भातसँग खाने मानिसहरुले चाँही यसको स्वाद बिर्सन गाह्रो हुन्छ। किन होला कर्कलो र पिँडालु यति अपहेलित भएको नेपालमा ?

शायद जताततै पाइने भएर हो किरु तराईतिर बाटो–बाटोमै र्ककलोको बोट देखिन्छ। तर कसैले प्रयोग गरेको देखिन्न। कर्कलोमा लौहतत्व, क्याल्सियम, विभिन्न अन्य खनिज पदार्थ र भिटामिन ए, भिटामिन सी, भिटामिन के पनि केही मात्रामा हुन्छन्।

बाटामा फलिरहेको कर्कलो किन कसैले नटिपेको भनेर सोद्धा एक महिलाले भनेकी थिइन् –यसमा त विष हुन्छ। खानु हुन्न। वास्तवमा नै यसमा रहेको ‘क्याल्सियम अक्सोलेट’ नामक तत्वको उपस्थितिले यसमा केही विष हुनसक्छ। तर रातभरि पानीमा भिजाएर वा मज्जासँग पकाएपछि त्यो विषालु तत्व नष्ट हुन्छ।

केही व्यक्तिहरु जसको घुडाँ दुख्छ, उनीहरुले धेरै कर्कलो र पिँडालु खाएपछि घुडाँको दुखाइ बढेको अनुभव गर्छन् भने शायद यस्ता व्यक्तिहरुले कम खाएकै वा छोडेकै ठीक हुन्छ। तर अन्य स्वस्थ व्यक्तिहरुलाई स्वादको साथै रोगसँग लड्ने शक्ति दिने कर्कलो विभिन्न तरिकाले प्रयोग गर्नु अति  उत्तम हुन्छ।

सस्तो भन्दैमा हेप्न पर्दैन। बट्टाका, प्याकेटका कुहिएका खानेकुरा भन्दा त कर्कलो र पिँडालुको तरकारी प्रयोग गरे हुन्छ।