• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर

यो हो विश्वकै सबैभन्दा खतरनाक ताल, जहाँ वैज्ञानिक समेत जान डराउँछन्



एजेन्सी । पृथ्वीमा धेरै नदी र तालहरू छन्, जसमध्ये यस्ता कैयौं तालहरूलाई अत्यन्त खतरनाक पनि मानिन्छ । संसारमा धेरै रहस्यमय तालहरू छन्, जसमा कुनै पनि जीवित प्राणीको मृत्यु हुन सक्छ ।

यी तालहरूको रहस्य आजसम्म खुल्न सकेको छैन । आज यस्तो एक तालबारे यहाँ चर्चा गरौँ जुन निकै खतरनाक मानिन्छ । यो रहस्यमय ताल दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा अवस्थित छ । ‘फुण्डुजी’ नामको यो तालमा कोही अकस्मात पसे भने उसको ज्यानै जान्छ ।

फुण्डुजी तालको नाम सुनेपछि वैज्ञानिक पनि डराएका छन् । मुटाली खोलाको पानी यस खतरनाक तालमा खस्छ । भनिन्छ, यो खोलाको पानी एकदम सफा भए पनि तालमा पस्नेबित्तिकै विषाक्त हुन्छ । वैज्ञानिकहरूले यस तालको रहस्य जान्न धेरै प्रयास गरे तर सफल भएनन् ।

मिडिया रिपोर्टका अनुसार धेरै वैज्ञानिकहरू यस खतरनाक तालको पानीको खोजी गर्न पुगेका थिए तर उनीहरूसँग त्यस्ता केही दुर्घटना घट्न थाल्यो । हरेक पटक यस्तो भयो, त्यसपछि वैज्ञानिकहरू पनि चकित भए र उनीहरू पनि यस तालको नजिक जान डराए । उनीहरु यो तालबारे अनुसन्धान गर्न डराउँथे ।

सन् १९४६ मा एन्डी लेभिन नामका एक शोधकर्ताले यस तालको पानीको खोजी गर्ने साहस गरेका थिए । यहाँ उनी एक साथीसँग खोजी गर्न गए र पानी परीक्षण गरे । पानीको स्वाद अनौठो लागेपछि उनले बोतलमा पानी र बिरुवालाई पनि परीक्षणका लागि साथमा लिएर गए ।

त्यसपछि जब उनी त्यहाँबाट जान थाले, तब उनी बारम्बार घुमेर तालको नजिक पुग्थे, किनभने त्यहाँबाट जाने बाटो नभेट्ने गर्थे । त्यसपछि उनले तालको पानी फ्याँकेपछि उनी सकुशल घर पुगेका थिए । सबैभन्दा अचम्मको कुरा त के छ भने केही दिनपछि मात्रै उनको मृत्यु भयो । उनका साथीको पनि दुर्घटनामा मृत्यु भयो । तालमा भएको यो १३ औं दुर्घटना हो ।

यस तालको धेरै कथाहरू छन् । भनिन्छ, धेरै पहिले एक कुष्ठरोगीलाई यहाँका बासिन्दाले बस्न र खाना खान अस्वीकार गरेका थिए । यसपछि ती कुष्ठरोगी रिसाउँदै श्राप दिएर तालमा गए । त्यसपछि उनी फेरि भेटिएनन् ।

स्थानीय बासिन्दाका अनुसार तालबाट कहिले ढोल बजेको आवाज सुनिन्छ भने कहिले जनावर र मानिसको चिच्याहट सुनिन्छ ।