• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी ★   हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना ★   रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी ★   प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट ★   कोशी प्रदेशको राजनीति झन् पेचिलो ★   सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते ★   सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ जना घाइते (अपडेट) ★   संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर ★   बागमती, गण्डकी र कर्णालीमा आज हल्का पानी पर्ने ★   भारतमा पहिलो चरणमा १ सय २ लोकसभा सदस्यका लागि आज चुनाव

यो हो विश्वकै सबैभन्दा खतरनाक ताल, जहाँ वैज्ञानिक समेत जान डराउँछन्



एजेन्सी । पृथ्वीमा धेरै नदी र तालहरू छन्, जसमध्ये यस्ता कैयौं तालहरूलाई अत्यन्त खतरनाक पनि मानिन्छ । संसारमा धेरै रहस्यमय तालहरू छन्, जसमा कुनै पनि जीवित प्राणीको मृत्यु हुन सक्छ ।

यी तालहरूको रहस्य आजसम्म खुल्न सकेको छैन । आज यस्तो एक तालबारे यहाँ चर्चा गरौँ जुन निकै खतरनाक मानिन्छ । यो रहस्यमय ताल दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा अवस्थित छ । ‘फुण्डुजी’ नामको यो तालमा कोही अकस्मात पसे भने उसको ज्यानै जान्छ ।

फुण्डुजी तालको नाम सुनेपछि वैज्ञानिक पनि डराएका छन् । मुटाली खोलाको पानी यस खतरनाक तालमा खस्छ । भनिन्छ, यो खोलाको पानी एकदम सफा भए पनि तालमा पस्नेबित्तिकै विषाक्त हुन्छ । वैज्ञानिकहरूले यस तालको रहस्य जान्न धेरै प्रयास गरे तर सफल भएनन् ।

मिडिया रिपोर्टका अनुसार धेरै वैज्ञानिकहरू यस खतरनाक तालको पानीको खोजी गर्न पुगेका थिए तर उनीहरूसँग त्यस्ता केही दुर्घटना घट्न थाल्यो । हरेक पटक यस्तो भयो, त्यसपछि वैज्ञानिकहरू पनि चकित भए र उनीहरू पनि यस तालको नजिक जान डराए । उनीहरु यो तालबारे अनुसन्धान गर्न डराउँथे ।

सन् १९४६ मा एन्डी लेभिन नामका एक शोधकर्ताले यस तालको पानीको खोजी गर्ने साहस गरेका थिए । यहाँ उनी एक साथीसँग खोजी गर्न गए र पानी परीक्षण गरे । पानीको स्वाद अनौठो लागेपछि उनले बोतलमा पानी र बिरुवालाई पनि परीक्षणका लागि साथमा लिएर गए ।

त्यसपछि जब उनी त्यहाँबाट जान थाले, तब उनी बारम्बार घुमेर तालको नजिक पुग्थे, किनभने त्यहाँबाट जाने बाटो नभेट्ने गर्थे । त्यसपछि उनले तालको पानी फ्याँकेपछि उनी सकुशल घर पुगेका थिए । सबैभन्दा अचम्मको कुरा त के छ भने केही दिनपछि मात्रै उनको मृत्यु भयो । उनका साथीको पनि दुर्घटनामा मृत्यु भयो । तालमा भएको यो १३ औं दुर्घटना हो ।

यस तालको धेरै कथाहरू छन् । भनिन्छ, धेरै पहिले एक कुष्ठरोगीलाई यहाँका बासिन्दाले बस्न र खाना खान अस्वीकार गरेका थिए । यसपछि ती कुष्ठरोगी रिसाउँदै श्राप दिएर तालमा गए । त्यसपछि उनी फेरि भेटिएनन् ।

स्थानीय बासिन्दाका अनुसार तालबाट कहिले ढोल बजेको आवाज सुनिन्छ भने कहिले जनावर र मानिसको चिच्याहट सुनिन्छ ।