• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा ★   युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट ★   युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा, नेपालको छैटौं विकेट पतन ★   युएईविरुद्ध नेपालले गुमायो पाँचौं विकेट, दिपेन्द्रसिंह ऐरी ५ रनमा आउट ★   कसरी गर्ने पदयात्राको तयारी ? ★   युएईविरुद्ध नेपाललाई चौंथो झट्का ★   एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै ★   तोलामा रु सात सयले बढ्यो सुनको मूल्य ★   युएईविरुद्ध नेपालको खराब सुरुवात, गुमायो तेस्रो विकेट, रोहित ५ रनमा आउट ★   युएईविरुद्ध नेपाललाई दोस्रो झट्का, ८ रन जोडेर आउट भए आसिफ

नासाको ‘मुन रकेट’ उड्न तयार



केप क्यानभरल । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘मून रकेट’ प्रक्षेपणस्थलमा चट्याङ परे पनि सोमबार प्रस्थान गर्ने बाटोमा छ ।

यो तीन सय २२ फुटको स्पेस लन्च सिस्टम रकेट नासाले बनाएको सबैभन्दा शक्तिशाली रकेट हो। नासाको ‘अपोलो’ अभियानको करिब आधा शताब्दीपछि चन्द्रमाको कक्षमा खाली ‘क्रू क्याप्सुल’ पठाउने तयारी गरिएको छ । अपोलो अभियानका क्रममा १२ जना अन्तरिक्ष यात्री चन्द्रमामा अवतरण गरेका थिए ।

यदि यो छ हप्ताको परीक्षण उडान राम्रो भयो भने, अन्तरिक्ष यात्रीहरू केही वर्षमा चन्द्रमामा फर्कन सक्छन्। तर, नासाका अधिकारीहरूले जोखिम उच्च रहेको र उडान अवधि घटाउन सक्ने चेतावनी दिएका छन् ।

शनिबारको आँधीमा नासाको केनेडी स्पेस सेन्टरमा रहेको रकेट र क्याप्सुलमा कुनै क्षति नभएको नासाका अधिकारीहरूले आइतबार बताएका छन्। अन्य उपकरणमा पनि क्षति नभएको उनीहरुले बताए ।

उल्लेखनीय कुरा के छ भने नासाको आर्टेमिस–१ मिसन लगभग आधा शताब्दीपछि मानिसलाई चन्द्रमाको यात्रा गराएर फिर्ता ल्याउने एक महत्वपूर्ण कदमतर्फ अघि बढिरहेको छ। यो मिसन २९ अगस्ट २०२२ (भदौ १३ गते आज) मा प्रक्षेपण हुने तय गरिएको छ र नासाको अन्तरिक्ष प्रक्षेपण प्रणाली र ओरियन क्रु क्याप्सुलको लागि महत्वपूर्ण यात्रा हुन गइरहेको छ।

यो अन्तरिक्ष यान चन्द्रमामा जानेछ, केही साना उपग्रहहरूलाई कक्षमा खसाल्नेछ र आफूलाई कक्षमा राख्नेछ। नासाको उद्देश्य अन्तरिक्षयान सञ्चालनमा तालिम प्राप्त गर्नु र चन्द्रमा वरपर अन्तरिक्ष यात्रीहरूले अनुभव गरेको अवस्थाको अनुसन्धान गर्नु हो।
एजेन्सी