• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

के तपाई अनलाइन सपिङ गर्नुहुन्छ ? यी हुन् १० शीर्ष ई–कमर्स साइटहरु



विश्वभर आजभोलि इन्टरनेटमा आधारित अनलाइन व्यवसाय निकै फस्टाएको छ । खानेकुरा, सानातिना सामानदेखि ठुल्ठूला सामान खोज्न, मूल्य थाहा पाउन र अर्डर दिएर घरमै ल्याइदिने व्यवस्था यिनीहरुका विशेषता नै हुन् । शहरीया जीवनशैलीको रुप नै फेरिदिएका यस्ता अनलाइन इ कमर्श साइटहरुले । अहिले निकै लोकप्रिय मात्र होइन, सेवाको गुणस्तरका कारण निकै विश्वसनीय पनि भएका छन् । हजारौं किसिमका साइटहरुको भिडमा कुन साइट राम्रो, कुन नराम्रो भन्ने मापन गर्न कठिन छ, तैपनि कतिपय संस्थाले त्यस्ता साइटको खोजखबर गरिरहेका हुन्छन् ।

नेपालमा पनि इ कमर्श प्लेटफर्महरु निकै फस्टाएका छन् । कोभिडको लकडाउन भएसँगै यस्ता साइटले राम्रै बजार हिस्सा ओगटिरहेका छन् । एक विवरण अनुसार, गत वर्षसम्म नेपालमा ४० हजारभन्दा बढी अनलाइन कमर्स साइट दर्ता भएको पाइएको छ, र त्यो संख्या द्रुत गतिमा बढ्दै गएको छ। यो अत्यधिक प्रतिस्पर्धी अनलाइन–आधारित बजारमा तपाईं सोचिरहनुभएको हुन सक्छ कि यो सूचीको शीर्षमा को खडा छ ? विगतमा कुन श्रेणीमा कुन अनलाइन छ भनेर हेर्न Alexa माथि भर पर्ने गरिन्थ्यो । तर अहिले अलेक्सा बन्द भएको छ, र मानिसहरुले सिमिलरवेब डटकम (www.similarweb.com) को सहारा लिन थालेका छन् ।

सिमिलर वेब मार्फत हामीले वेबसाइटको Global Ranking, Country Ranking, Traffic, Bounce Rate र वेब साइटका बारेमा प्रामाणिक डाटा प्राप्त गर्न सक्छौँ । यहाँ हामीले सन् २०२२ को मध्यसम्ममा साइटमा भ्रमण गर्नेहरुको कुल संख्याका आधारमा नेपालमा शीर्ष दस मल्टी–भेन्डर ई–कमर्स वेबसाइटहरू प्रस्तुत गरेका छौँ ।

१. दराज डटकम : सन् २०१२ मा स्थापित यो एक अनलाइन किनमेल बजार हो। दराज एक मल्टिभेन्डर ई–कमर्स प्लेटफर्म हो जसले आफ्ना ग्राहकहरूलाई विभिन्न किसिमका सामानको खोजी गर्न, खरिद गर्न र घरसम्मै सामान पुर्याउन मद्दत गर्दछ । जुलाई २०२२ मा २३ लाख व्यक्तिले यसको वेबसाइट भ्रमण गरेका थिए र यो पहिलो श्रेणीमा रहन सफल भएको थियो ।

वेबसाइट भ्रमण गर्नेहरु : २३ लाख
देश श्रेणी : ११

२. बिजबजार डटकम : हाम्रो सूचीमा दोस्रो नम्बरमा बिजबजार छ। यो सेप्टेम्बर २०२१ मा स्थापना भएको थियो । यो ग्राहकहरु माझ धेरै लोकप्रिय भएको छ। आरकेडी समूहद्वारा स्थापित बिजबजार डटकमले बीटुबी र बीटुसी दुवै उपभोक्ताहरूका लागि प्लेटफर्मको रूपमा काम गर्दछ। यो कम्पनीले आगामी २ वर्षमा आईपीओ निकाल्ने योजना पनि बनाएको छ ।

पृष्ठ आगन्तुकहरू : एक लाख २० हजार ३००
देश श्रेणी : ३०१

३. ओकेदाम डटकम : नोभेम्बर ७, २०१७ मा स्थापित ओकेदाम नेपालको सबैभन्दा लोकप्रिय साइटहरू मध्ये एक हो। यसैले यसले हाम्रो शीर्ष सूचीमा आफ्नो बाटो बनाएको छ। इलेक्ट्रोनिक्स, घर र भान्छा उपकरणमा विशेषज्ञता हासिल गरेको ओकेदामका गत महिना लगभग एक लाख १७ हजार पृष्ठ आगन्तुक थिए।

पृष्ठ आगन्तुकहरू : एक लाख १६ हजार ७००
देश श्रेणी : १,६९८

४. सस्तोडिल डटकम : सस्तोडिल डटकम नेपालमा एक लोकप्रिय अनलाइन मल्टी–भेन्डर ई–कमर्स प्लेटफर्म हो। अमुन थापाले डिसेम्बर २०११ मा यो ई–कमर्स साइट स्थापना गरेका थिए। गत महिनाको मासिक आगन्तुकहरूलाई हेर्दा यो सूचीमा नम्बर ४ मा रहेको छ।

पृष्ठ आगन्तुकहरू : ८८ हजार ३००
देश श्रेणी : ८६५

५. ठूलो डटकम : ठूलो एक ई–कमर्स साइट हो जसले आफ्ना उपभोक्ताहरूलाई उत्पादनहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ। यो सन् २००५ मा स्थापना भएको थियो । यसको स्थापनापछि यो नेपालमा सबैभन्दा लोकप्रिय मल्टीभेन्डर ई–वाणिज्य साइटहरू मध्ये एक हो।

पृष्ठ आगन्तुकहरू : ७५ हजार
देश श्रेणी : १,१५६

६. डिलआयो डटकम : आशित महतोले सन् २०१५ को अक्टोबरमा स्थापना गरेको डिलआयो डटकमले लाखौँ ग्राहकहरूलाई सेवा प्रदान गरेको छ। डिलआयो डटकमलाई इलेक्ट्रोनिक्स सामग्रीमा विशेष मानिन्छ।

पृष्ठ आगन्तुकहरू : ७० हजार ४००
देश श्रेणी : २,१६२

७. नियोस्टोर डटकम डट एनपी : नियोस्टोर मल्टी–ब्रान्ड बीटुसी ई–कमर्स प्लेटफर्म हो । यसले सूचना प्रविधि, सञ्चार र मनोरन्जनका क्षेत्रमा सेवा प्रदान गर्दछ । नियोटेरिक नेपाल प्रालिद्वारा सञ्चालित यसले डेल, लजिटेक, रापु र हायरलगायत ३० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डहरू बिक्री गर्छ। यो साइट जून २०२२ मा ३५ हजार अनलाइन आगन्तुकहरूले हेरेका थिए।

पृष्ठ आगन्तुकहरू : ३४ हजार ४००
देश श्रेणी : १,८७५

८. जिवी डटकम : जिवी डटकमले ग्राहकहरूलाई चिकित्सा सामग्रीहरु खरिद गर्न सहायता प्रदान गर्दछ। यो संस्था नोभेम्बर २०१९ मा स्थापना भएको थियो ।

पृष्ठ आगन्तुकहरूः २९ हजार ९००
देश श्रेणी : १,५१८

९. किन्नीहो डटकम : न्यू मुक्तिनाथ ट्रेड सप्लायर्सका संस्थापक चिरञ्जीवी शर्मा आचार्यले सन् २०२१ मा किन्नीहो डटकमको स्थापना गरेका थिए। किन्नीहो डटकम नेपालको नम्बर १ अनलाइन ई–कमर्स वेबसाइट बन्नका लागि द्रुत गतिमा अगाडि बढिरहेको छ। किन्नीहो डटकमले अनलाइन किनमेललाई सजिलो बनाउन विभिन्न आकर्षक अनलाइन उपकरणहरू एकीकृत गरेको छ। किन्नीहो इलेक्ट्रोनिक्सका सामग्री बिक्रीका लागि विशेष मानिन्छ । यसले घर र भान्छाका सामान पनि राखेको छ । क्रेडिट कार्ड हुनेहरूका लागि किस्ताबन्दीमा ईएमआई मार्फत इलेक्ट्रोनिक्स सामान खरिद गर्न सकिन्छ । किन्नीहो अब नेपालको पहिलो आईएसओ९००१–२०१५ प्रमाणित ई–कमर्स कम्पनी हो जसको नेतृत्व इन्जिनियरहरुद्वारा गरिएको छ। यसको प्रमुख कार्यकारी अधिकृत नरेश पोखरेल हुन् ।

पृष्ठ आगन्तुकहरू : २३ हजार ३००
देश श्रेणी : २,७२०

१०. ग्यापु डटकम : हाम्रो सूचीको अन्तिममा, हामीसँग ग्यापु डटकम छ। ग्यापुको अवधारणा र डिजाइन सन् २०१६ मा ज्ञानेन्द्र खड्काले गरेका थिए । स्थापना भएदेखि नै ग्यापुले आफ्नो प्लेटफर्ममार्फत ठूलो संख्यामा ग्राहकहरूलाई सेवा दिँदै आएको छ। सन् २०२२ को जुलाईमा मात्रै ग्यापु डटकम २२ हजार ७ सय दर्शकले भ्रमण गरेका थिए ।

पृष्ठ आगन्तुकहरू : २२ हजार ७००
देश श्रेणी : ४,२३१

 

स्रोतः सिमिलर वेब