• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   जात्रामा सहभागी हुन मेयर बालेन्द्र शाहको निम्तो ★   माधव नेपालको असन्तुष्टि अन्त्य गर्न खनाल अस्त्रको प्रयोग ! ★   ७ वटा संसदीय समितिको बैठक बस्दै ★   आज चैते दशैं पर्व मनाइँदै ★   मधेशका मुख्यमन्त्रीले १५ महिनामा आज चौथो पटक विश्वासको मत लिँदै ★   गृहमन्त्री रवि लामिछानेले दुई करोड लगेको पुष्टि ★   हैदराबाद र बैंगलोरका खेलमा बनेका यस्ता कीर्तिमानहरु ★   आरसीबीले आईपीएलको सबैभन्दा ठूलो लक्ष्य पछ्याउन सकेन, हैदरावाद विजयी, कार्तिकको सानदार ब्याटिङ ★   हैदराबादले तोड्यो आफ्नै कीर्तिमान, बैंगलोरलाई दियो २८८ रनको विशाल लक्ष्य ★   पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने

कस्तो छ कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था ?



काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।

उहाँ झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँलाई आईसीयूबाट बिहीबार भेन्टिलेटरमा सारिएको छ ।

उहाँलाई भेटेर फर्किनुभएका कांग्रेस नेता बिमलेन्द्र निधिले सामाजिक सञ्जाल ट्वीटरमा गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै लेख्नुभएको छ, आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र,समाजवादी, गांधीवादी, विचारक,योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरि लाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु। स्तब्ध र निरिह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु – सबैले प्रार्थना गरौं !!!

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर स्वदेश फर्किनुभएका नेता गिरी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना हुनुभएको थियो ।

http://