• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू

चुनावी तयारीबारे जसपाको राजनीतिक समितिको बैठक



काठमाडौँ । मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ ।

जसपाको राजधानीमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न सङ्गठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको जसपाका राजनीतिक समिति सदस्य डा सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

नेता यादवले भन्नुभयो, “नजिकिएको चुनावका लागि पार्टीले तय गरेको कार्यक्रम, टिकटको सिफारिस कुन मितिमा कहाँबाट गर्ने हो कहिलेसम्म वितरण गर्ने, उम्मेदवारको मापदण्ड आदि विषयमा छलफल भइरहेको छ । बैठक आजै टुङ्गिन्छ ।”

बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि छलफल भइरहेको छ । निर्वाचनमा उम्मेदवारको मापदण्ड, चयन गर्ने प्रक्रिया, विभिन्न विभाग गठन, प्रदेश तथा विभिन्न राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज चयन लगायतका प्रस्तावमाथि नेताहरुले धारणा राखिरहनुभएको छ ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपाबीच गठबन्धनको सम्भावना, पाँच दलीय गठबन्धनमा निर्वाचनमा जसपाको सम्भावित अवस्थाबारे पनि नेताहरुले धारणा राख्नुभएको जसपाले जनाएको छ ।