• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो: उपप्रधानमन्त्री लामिछाने ★   संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भयो :- कमल थापा ★   सांसद गुरुङको निलम्बन फुकुवा ★   पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश ★   उपनिर्वाचनको मौन अवधि आज रातिदेखि ★   बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य ★   रातो मत्येस्न्द्रनाथको महास्नान सम्पन्न ★   कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछः मन्त्री बस्नेत ★   कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित ★   सहवागले विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट गरे, हार्दिक पाण्ड्या परेनन्

रसुवाका जसपा, कांग्रेस र माओवादी कार्यकर्ता एमाले प्रवेश



काठमाडौँ । रसुवामा विभिन्न पार्टीमा क्रियाशील जिल्लास्तरीय नेता–कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा विभिन्न पार्टीमा क्रियाशील ५२ जना नवप्रवेशीलाई टीका र खादा लगाई स्वागत गर्नुभयो ।

पार्टी प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका रसुवा जिल्ला कमिटीका सदस्यहरू फुर्पा गुरूङ, वसन्त लामा कर्मा, सुरज नेगी, विजय घले, हर्कबहादुर तामाङ लगायत ३५ जना हुनुहुन्छ भने नेपाली काँग्रेसका क्रियाशील सदस्य जितबहादुर नेकोर, कर्मा छेदेन लोप्चन, हरिप्रसाद लामिछाने, अर्जुन नगरकोटी, सुवास बगाले र सुब्बा घले हुनुहुन्छ ।

त्यसैगरी राप्रपाका निमा लामा, माओवादी केन्द्रका सन्जोग तामाङ र सूर्य घले पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरू नौकुण्ड गाउँपालिकाका वासिन्दा हुनुहुन्छ ।

सो अवसरमा बरिष्ठ नेता पोखरेलले नवप्रवेशीहरूलाई सम्बोधन गर्दै जिल्लामा नवप्रवेशी साथीहरूलाई तत्कालै उचित जिम्मेवारी दिन जिल्ला नेतृत्वलाई निर्देशन दिनुभयो ।

उहाँले आगामी निर्वाचनमा एमालेलाई बहुमत हासिल हुने गरी विजयी गराउन सिङ्गो पार्टीपङ्ती परिचालित भइरहेको र त्यसका लागि रसुवामा पनि पार्टीले निर्वाचन जित्नुपर्ने हुँदा नवप्रवेशी साथीहरू पनि निर्वाचन जित्ने गरी लाग्न आग्रह गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रम नेकपा (एमाले) रसुवा जिल्ला कमिटीका सचिव जनार्जन ढकालको संयोेजनमा भएको थियो ।