११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयको माग सम्बोधन गरेर मात्र काठमाडौंको फोहोर बञ्चरेडाँडामा विर्सजन गर्न सांसद त्रिपाठीको माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य भूमीप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विर्सजन गर्न माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरुको बेवास्ता गर्दै जर्बजस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताउनु भयो । उहाँले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणको लागि फोहोर गाडीहरु सफाई गरेर फिर्ता गर्नुपर्ने स्थानीयको माग सम्बोधन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘धादिङ र नुवाकोट जिल्लाको सीमाना धादिङ धुनिवेशी नगरपालिका वडा नं. १ मा निर्माण भएको बञ्चरे ल्याण्डफिल साइट सञ्चालनमा ल्याउने क्रममा गम्भिर विवाद उत्पन्न भइ अवरोध सिर्जना भएको छ । सिलडोल भरिएर अस्तव्यस्त भइसकेपछि बञ्चरे सञ्चालनमा आउनु अनिवार्य थियो । तर सरकारको तर्फबाट सञ्चालनमा आउनुपूर्व नै आफूले कबुल गरेका प्रतिवद्धता र सम्झौताहरुको वेवास्ता गर्दै जबर्जस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोज्नुले स्थानीयवासी आक्रोशित हुनु स्वभाविक हो । प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणको लागि फोहोर गाडीहरु सफाई गरेर फिर्ता गर्ने लगायत स्थानीय बासिन्दाहरुको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरुलाई तत्काल सम्बोधन गरेर मात्रै फोहोर विसर्जन गर्न जोडदार माग गर्दछु ।’