• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

राहुपारे–कुनौटो खण्डको सडक कालोपत्र



म्याग्दी । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको राहुपारे–कुनौटो खण्डको सडक कालोपत्र भएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेबाट वडा नं २ कुनौटो जोड्ने सडक कालोपत्र सकिएको हो ।

आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले करिब पाँच किलोमिटर दूरीको सडकमा डिबिएसडी प्रविधिको कालोपत्र भएको जानकारी दिनुभयो । “गत वर्ष पहिलो कोड बिछ्याएपछि वर्षात् हुँदा रोकिएको डिबिएसडी कालोपत्र गर्ने कामलाई यसपालि पूर्णता दिएका छौँ”, उहाँले भन्नुभयो, “सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर सबबेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्र सकिएको हो ।”

राहुघाट–राहुपारे र कुनौटो–बेगखोला खण्डको बीचमा पर्ने करिब दुई किलोमिटर सडक आगामी हिउँदमा कालोपत्र गरिने दाहालले बताउनुभयो । एघार मिटर फराकिलो बनाइएको सडकको सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्र गरिएको हो । डिबिएडी प्रविधिमा दुई चरणमा बिटुमिन र चिप्स राखेर रोलरको पोल्नुपर्छ । कालोपत्र भएपछि करिब ४० मिनेटको यात्राअवधि १० मिनेटमा छोटिएको छ ।

शर्मा–युनाइटेडले नै ठेक्का लिएको पहिलो खण्डको बेगखोला–भुरुङ तातोपानी खण्डमा पनि अधिकांश ठाउँमा विस्तार, नाली र पर्खाल निर्माण सकेर आगामी हिउँदमा कालोपत्र गर्ने तयारी भएको छ । गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएको बेनी नगरपालिका–९ गलेश्वरको करिब एक किलोमिटर दूरीको सडकमा पहिलो चरणको कालोपत्र भएको छ ।

विसं २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चारवटा खण्डमा स्तरोन्नति भइरहेको छ । तेस्रो प्याकेजमा पर्ने मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने १६ किलोमिटर सडकमा आक्सपाल्ट प्रविधिको कालोपत्र भएको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपाने (राजन)ले जानकारी दिनुभयो ।

उहाँका अनुसार काभ्रे, बादरजुङ र घोप्टेभिर खण्डमा विस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । करिब रु सात अर्ब ५५ करोडमा ठेक्का लागेको यस आयोजनाको हालसम्म रु पाँच अर्ब ८४ करोड खर्च भएको छ । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छवटा खण्ड ग्राभेल सकिएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो ।

उन्नाइसवटा सडक पुलमध्ये पाँच सम्पन्न भइसकेको छ । १४ पुल निर्माणधीन अवस्थामा रहेका छन् । विसं २०६४ मा नेपाली सेनाले ट्रयाक खालेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक यसअघि कच्ची अवस्थामा थियो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ ।