• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   बटलरको शतकमा राजस्थानले २२४ रनको लक्ष्य पछ्याउँदै कोलकातालाई २ विकेटले हरायो ★   प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट ★   निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री ★   के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो? ★   स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल ★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री

भारतका मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त



काठमाडौं । छिमेकी राष्ट्र भारतका राष्ट्रिय टिमका पूर्व अलराउण्डर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रभाकरले भारतका लागि ३९ टेष्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलि सकेका छन् ।

क्यानले प्रभाकरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरिएको जनाएको छ । मनोज प्रभाकर केही दिन भित्रै नेपाल आउने र प्रशिक्षण सुरु गर्ने क्यानले जनाएको छ ।

स्कटल्याण्डमा आईसीसी क्रिकेट विश्वकप लिग टु खेलेर फर्केलगत्तै श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका थिए । उनले नेपाल छाडेलगत्तै नेपाल प्रशिक्षकविहीन थियो ।

प्रभाकरले यसअघि अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए । भारतमा रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसिएसनको प्रशिक्षकका रुपमा प्रभाकरले काम गरिसकेको क्यानले बताएको छ ।

प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले प्रतिक्रिया दिँदै नेपाली क्रिकेटमा काम गर्न उत्सुक रहेको बताएका छन् । ‘नेपालको क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु’, उनले भनेका छन् ।

प्रभाकरले एक दशक भन्दा बढी समय भारतको राष्ट्रिय टिमका लागि खेलिसकेका छन् । सन् १९८४ डिसेम्बरमा इंग्ल्याण्ड विरुद्ध टेष्टमा डेब्यु गरेका प्रभाकरले १९९५ मा न्युजिल्याण्ड विरुद्ध अन्तिम टेष्ट खेलेका थिए । उनले १९८४ कै अप्रिलमा श्रीलंका विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

खासगरी, नेपाली क्रिकेटको बलिङको तुलनामा ब्याटिङ पक्ष कमजोर रहेकाले त्यसमा सुधार ल्याउनु पर्ने चुनाैती प्रभाकरमाथि छ । कतिपयले ब्याटिङ नै कमजोर रहेको अवस्थामा भारतीय बलरलाइ प्रशिक्षक नियुक्त गर्दा निकै जोखिम रहेको बताएका छन् ।

यद्यपी, उनले छिमेकी भारतीय क्लबहरूसँग नेपाली टिमलाइ खेलाउन सके ब्याटिङमा सुधार ल्याउन मद्दत पुग्ने अनुमान पनि केहीले गरेका छन् ।