• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा ★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ? ★   इलाम-२ उपनिर्वाचन: रास्वपा सभापति लामिछाने इलाम जाँदै

जापान पुगे प्रचण्ड



काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष एबं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल जापान पुग्नु भएको छ । बिभिन्न कार्यक्रममा सहभागी हुन ४ दिने भ्रमणका लागि उहाँ जाजान जानु भएको हो ।

जापानको टोकियोस्थित नारिता विमानस्थलमा जापानका लागी नेपाली राजदुत दुर्गाबहादुर सुवेदी लगायत दूतावासका अधिकारीहरुले दाहाललाई स्वागत गर्नु भएको छ।

नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा  जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्नुहुने दाहालको सचिवालयले जनाएको छ । दाहाल नेपाली महोत्सबमा सहभागी हुने , हिरोसिमामा आयोजना हुने कार्यक्रममा सहभागी हुनुका साथै नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा मा हुने “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’विषयको खुला अन्तरकृया कार्यक्रममा सहमागी हुनुहुने दाहालको सचिवालयले जनाएको छ ।

प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसङग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे छ।