• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसंग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

काठमाडौंको पर्यटन पुनरुत्थानबारे उपत्यकाका मेयरहरुसँग पर्यटनमन्त्री श्रेष्ठको छलफल



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गर्नुभएको हो । पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजना सहित अघि बढ्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजना सुनाउनुहुँदै उपत्यकाका महानगर र नगरपालिकाको पनि सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले कार्ययोजनामा रहेको स्थानीय तहसँग समन्वयमा गरिने बिषयहरुबारे जानकारी दिनुहुँदै सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना छ । साथै विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने, पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ुहोप अन हप अफु सिटी बस सञ्चालनमा ल्याउने योजना रहेको बताउनुहुँदै उहाँले स्थानीय तहबाट सहयोगको अपेक्षा गर्नुभयो । महत्वपुर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान संचालन गर्न लागिएको पनि उहाँले बताउनुभयो ।

पर्यटन आगमन बिन्दुहरुमा शौचालय तथा विश्राम कक्ष निर्माण गर्ने, विमानस्थलदेखि उपात्यकामा मुख्य स्थानहरुमा विद्युतीय बस संचालन गर्ने, उपत्यकाभित्रका मुख्य ऐतिहासिक सम्पदाहरु घुम्ने पर्यटकको सुविधाका लागि एकद्वार प्रणालीबाट प्रवेश अनुमति दिने, पर्यटक बसपार्क निर्माण गर्ने लगायत बिषयमा छलफल भएको थियो । साथै सो अवसरमा रात्रीकालिन पर्यटन प्रारम्भ र प्रवर्द्धनमा हुने चुनौतिबारे पनि छलफल भएको थियो ।

महानगर र नगरपालिकाका प्रमुखहरुले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन, पूर्वाधारका रूपमा पुरातात्विक तथा सांस्कृतिक पदमार्ग निर्माण, साइकलिङ र अन्य पर्यटन पुर्वाधार निर्माणमा हुनसक्ने सहकार्यबारे धारणा राख्नुभयो । उहाँहरुले सम्पदा र पर्यटकीय दृष्टिकोणले आफ्नो नगरपालिका क्षेत्रमा भएका सम्भावनाहरुबारे पनि जानकारी दिनुभएको थियो । पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास र व्यवस्थापनमा साझा योजनासहित अघि बढ्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

काठमाडौं उपत्यकामा अनगन्ती मूर्त-अर्मूत संस्कृति र सम्पदाहरू रहेकोले त्यसको प्रवर्द्धनका लागि मन्त्रालयले स्थानीय सरकारहरुसँग समन्वय गरी अघि बढ्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, ललितपुर महानगरपालिका प्रमुख चीरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत लगायत उपस्थित हुनुहुन्थ्यो । मन्त्रालयले हालै पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना सार्वजनिक गरी कार्यन्वयन अघि बढाइसकेको छ ।