• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक

गौतमश्री सहकारी काण्डः फरार अध्यक्ष रामबहादुर गौतम नेपाल फर्किए



काठमाडौं । राजधानीको कालीमाटीमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम नेपाल फर्किएका छन् । एक सातादेखि सहकारी बन्द गरेर अध्यक्ष गौतम सहितका सबै संचालक एकाएक फरार भएपछि सहकारीमा निक्षेप रहेका व्यक्तिहरु आक्रोशित र चिन्तित भएका थिए ।

तर अध्यक्ष गौतम भारतबाट नेपाल फर्किएका छन् । उनी प्रहरीको सुरक्षा बीच शुक्रबार सहकारीको केन्द्रीय कार्यालय, कुलेश्वरमा आइपुगेका थिए । उनले सहकारीको कार्यालयमा उपस्थित निक्षेपकर्ताका सामुन्ने आफूले सहकारी विभाग समेतका निकाय र ठूला निक्षेपकर्तासँग कुरा गरिसकेको बताउँदै सबैको पैसा क्रमिक रुपमा भुक्तानी गरिदिने बचन दिएका थिए ।

उनले तर यसका लागि हतार नगर्न र केही समय धैर्य गर्न आग्रह समेत गरेका थिए । गौतमले आफूले आफ्नो सम्पत्ति बेचेर भए पनि बचतकर्ताको सबै रकम फरफारक गर्ने बताएका थिए ।

अध्यक्ष गौतमले आफू सहकारीकै भवनमा बस्ने र कहीँ नजाने बताएर बचतकर्तालाई आश्वस्त पार्न खोजेका थिए । आफ्ना कम्पनीको व्यापार, सम्पत्ति, सहकारीको बचत, ऋण र जग्गा कति छ भन्ने सबै विवरण आइतबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा बुझाउने पनि उनले बताए ।