• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान



काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गर्नु भएको छ ।

उहाँ जापानमा रहेका नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नु भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्ड यही साउन २१ देखि २५ गतेसम्म जापानमा रहनु हुनेछ ।

उहाँको विदाइका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता देव गुरूङ लगायत पुग्नु भएको थियो ।