• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा ★   युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट ★   युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा, नेपालको छैटौं विकेट पतन ★   युएईविरुद्ध नेपालले गुमायो पाँचौं विकेट, दिपेन्द्रसिंह ऐरी ५ रनमा आउट ★   कसरी गर्ने पदयात्राको तयारी ? ★   युएईविरुद्ध नेपाललाई चौंथो झट्का ★   एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै ★   तोलामा रु सात सयले बढ्यो सुनको मूल्य ★   युएईविरुद्ध नेपालको खराब सुरुवात, गुमायो तेस्रो विकेट, रोहित ५ रनमा आउट ★   युएईविरुद्ध नेपाललाई दोस्रो झट्का, ८ रन जोडेर आउट भए आसिफ

अनसन बसेकी कुमारी आमा निहारिका प्रहरी नियन्त्रणमा (फोटोफिचर)



काठमाडौँ । प्रहरीले सिंहदरबारबाट अनसन बसेकी निहारिका राजपुतलाई नियन्त्रणमा लिएको छ। आफूले न्याय पाउनुपर्ने माग राखेर अनशन बसेकि कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

निहारिकाले १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन्। उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन्।

न्यायको माग गर्दै निहारिकाले पटक पटक आमरण अनशन बस्दै आएकी छिन्। उनिले गत जेठ २७ गतेदेखि बसेकोे अनशन असार ३ गते पाँच बुँदे सहमतिभए पछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर तोडेकि थिईन् ।

पाँच बुँदे सहमतिमा प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनशनकर्ता र उहाँको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको थियो ।