• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु ★   वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन ★   सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन ★   पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न ★   नयाँ दिल्लीको म्याक्स अस्पतालमा आरजु देउवाको शल्यक्रिया ★   टरवाइनको परीक्षण अन्तिम चरणमा ★   विश्वकपको यात्रा गर्नु खुशीको क्षण: प्रशिक्षक मोन्टी देसाई ★   २०८१ माघ ११ मा चलचित्र ‘अञ्जिला’ रिलिज हुने ★   गोर्खा सैनिकले उठाएका मुद्दा न्यायोचित रुपमा सम्बोधन हुने गृहमन्त्री लामिछानेको अपेक्षा ★   देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

इसेवाले सुरु गर्यो होटलमा पनि सेवा, अबदेखि अनलाइनबाटै होटल बुक गर्न सकिने



काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ । ग्राहकहरुले इसेवा एप मार्फत नेपालका कुनैपनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् ।

इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ । इसेवाले यदि अनलाइन मार्फत होटल बुक गर्ने भएमा इसेवामा सम्पर्क गर्न समेत आग्रह गरेको छ । इसेवामा भएका होटलहरुको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ । इसेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भएपनि केहीदिनमा आइओएसमा सेमत उपलब्ध हुनेछ ।

इसेवामा होटल सेवा सुरु भएसँगै इसेवाका होटल विभाग प्रमुख अनुज विष्टले भन्नुभयो “विविध सेवाहरुलाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार हामीले अब होटलको सेवा सुरुवात गरेका छौँ । यसबाट ग्राहक र होटललाई सेवा मिल्नेछ भन्ने विश्वास लिएका छौँ । साथै कोभिड पछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केहीहदसम्म टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौँ । साथै भविष्यमा अन्तराष्ट्रिय होटलसँग पनि सहकार्य गरि अन्तराष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउनेछौँ ” इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।