• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo

एकैदिन थप ७६० जनामा संक्रमण, ३२४ निको



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार ९२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ५८९ पीसीआर परीक्षणमा ४९४ र तीन हजार ३३७ एन्टिजेन परीक्षणमा २६६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२४ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाले ज्यान गुमाएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको छ ।