• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु ★   माओवादी नेता हरिवोल गजुरेलको दाबी – सुहाङले जितीसके ★   कृषिमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिन जरुरी: कृषिमन्त्री साह ★   प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियत धान्न सम्भव छैन: कुलमान घिसिङ ★   सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नुपर्छ – सुहाङ ★   यस्तो छ इरफान पठानले टी–२० विश्वकपका लागि छानेको भारतको १५ सदस्यीय टोली ★   एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै ★   कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ ★   जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित ★   चेन्नईका फ्यानहरूको बीचमा लखनउका एक मात्र फ्यानले मजा लुटे

बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन



एजेन्सी । चलचित्र तथा टिभीका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । मिडिया रिपोर्टका अनुसार ६७ वर्षको उमेरमा मिथिलेशले ३ अगस्टको साँझ लखनउमा अन्तिम सास लिएका थिए । उनी मुटुसम्बन्धी समस्याबाट पीडित थिए ।

रिपोर्टका अनुसार मिथिलेश चतुर्वेदीलाई केही दिन अघि हृदयघात भएको थियो, त्यसपछि उनी आफ्नो गृहनगर लखनउ सरेका थिए । ताकि उनले आफ्नो स्वास्थ्यको ख्याल गर्न सकुन् ।

मिथिलेश चतुर्वेदीले सन् १९९७ मा ‘भाइ भाइ’बाट बलिउडमा डेब्यु गरेका थिए । त्यसपछि उनले सत्ता, ताल, फिजा, रोड, कोई मिल गया, गान्धी माई फादर र बंटी बबली जस्ता फिल्ममा काम गरे । उनले २०२० मा सिरिज स्क्याम १९९२ बाट आफ्नो डिजिटल डेब्यू गरे । यस्तै, उनी रंगमञ्चमा पनि निकै सक्रिय थिए । उनले प्रेम तिवारी, बन्सी कौल, दीना नाथ, उर्मिल थपलियाल र अनुपम खेरले निर्देशन गरेका नाटकमा अभिनय गरेका छन् ।