• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

अभिनेत्री नीता ढुंगाना अस्पतालबाट डिस्चार्ज



काठमाडौं । अभिनेत्री नीता ढुंगाना मेडीसिटि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ‘एपेन्डीसाइट’ को सफल शल्यक्रियापश्चात् नीता मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

नीताका श्रीमान ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सामाजिक सञ्जाल मार्फत डाक्टर र अस्पताललाई धन्यवाद दिदैं नीता डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

आइतबार अचानक बिरामी परेर अस्पताल पुगेकी नितालाई ‘एपेन्डीसाइट’ भएको पुष्टि भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी थिइन् । अप्रेसनपछि मंगलबार उनी अस्पतालबाट डिस्चार्ज भएकी हुन् । नीता ढुंगाना यतिबेला स्वास्थ्य लाभ गरिरहेकी छिन् ।