• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

नेप्से परिसूचक २.७६ अंकले गिरावट



काठमाडौँ । पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ ।

मंगलवार नेप्से सूचक २.७६ अंकले घटेर २१९३.४८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स शुन्य अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.०१ अंकले घटेको छ । तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०।१३ अंकले बढेको छ । मंगलवार कारोबारमा आएका २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूह मध्ये ७ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ भने ६ वटा उपसमूहको सूचक वृद्धि भएको छ । जसमा फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ । मंगलवार नेप्सेमा सामान्य गिरावट आएपनि विन्द्यवासिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । सामलिङ्ग पावरको ९.९८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ । यता राष्ट्रउत्थान लघुवित्तको शेयरमूल्य ४.२४ प्रतिशतले घटेको छ ।

आज शिवम सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।