• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौंं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर ९५ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ ।