• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

नेप्से परिसूचक १५.४९ अंकले वृद्धि



symbolic picture

काठमाडौँ ।  बिहीवार नेप्से परिसूचक तीब्र उतारचढावका बीच अन्तिम समयमा १५ अंकले बढेर कारोबार बन्द भएको छ ।

बिहीवार नेप्से सूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.७ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीवार शेयर बजारमा उतारचढावमा कारोबार हुँदा कारोबार रकम बढेको छ । बुधवारको भन्दा आज कारोबार रकम बढेको छ । बुधवार ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा कारोबारमा आएका १३ उपसमूहमा १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ३ उपसमूहको सूचक नकारात्मक भएको छ । विकास बैंक, फाइनान्स लगायतका उपसमूहको सूचक धेरै बढेका छन् । भने अन्य उपसमूह र निर्जिवन बीमा उपसमूहको सूचकमा गिरावट आएको छ ।

बिहीवार कारोबारमा आएका बुद्धभूमी हाइड्रोपावरको शेयरमूल्य सकारत्मक सर्किट लेभलमा कारोबार भएको छ । राष्ट्रउत्थान लघुवित्तको ९.९९ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ९.८९ प्रतिशत र हिमालयन पावर पार्टनरको ९.७८ प्रतिशतले बढेको छ । तर यता राधी विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ३.९१ प्रतिशत र बलेफी हाइड्रोपावरको ३.८५ प्रतिशतले घटेको छ ।

बिहीवार अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १७ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शिवम सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।