• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन

नेप्से परिसूचक उकालो यात्रामा, तीन कम्पनीको शेयरमा सर्किट



symbolic picture

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई हजार १११.९९ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अङ्कले उकालो लागेर ४०२.९२ अङ्कमा पुगेको छ । कूल २२७ कम्पनीको ७५ लाख आठ हजार १८८ कित्ता शेयर रु तीन अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आयो । सो उपसमूहको शेयर मूल्य १२.०४ अङ्कले ओरालो लाग्यो । त्यस्तै, बैंकिङ ०.९२, होटल तथा पर्यटन २३.८७, विकास बैंक ५६, जलविद्युत् ७२.३५, वित्त ७५.७४, निर्जीवन बीमा ४३.८, उत्पादन १९.६६, अन्य ३८.९७, लघुवित्त १०७.७३, जीवन बीमा ३४.७९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६९ अङ्कले उकालो लागेका छन् ।

बुधबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब १५ अर्ब ७८ करोड ९० लाख १४ हजार ६४९ बराबर पुगेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट आज पनि शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ९४ लाख ११ हजार ८०८ बराबरको कारोबार भयो । अरुण काबेली पावर रु १२ करोड ३५ लाख ४३ हजार ६७६, गुर्खाज फाइनान्स रु आठ करोड ९२ लाख २१ हजार ७०८, नेष्डो समृद्धि लघुवित्त रु आठ करोड ४८ लाख ४१ हजार २३६ र युनिभर्सल पावर रु आठ करोड ४१ लाख चार हजार ६४८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार उकालो लागेको बजारमा आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । त्यसमा जानकी फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्त छन् ।