• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने – अध्यक्ष गोल्यान



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताउनुभएको छ ।

अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सिआरआर) लाई ३ प्रतिशतबाट १ प्रतिशत बढाउँदा बैंकहरुको अर्बौं रकम बिना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरुको मुनाफा घटाउने अवस्था देखिएको बताउनुभएको हो । उहाँले मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरुको लागत बढ्ने बताउनु भयो ।

अध्यक्ष गोल्यानले बैंकहरुमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै यो भन्दा माथि गयो भने बैंकिङ क्षेत्र संकटमा पर्ने बताउनु भयो । उहाँले बैंकको शेयरहोल्डर र लगानीकर्ताहरुलाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्ने भएपनि आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था नभएको गुनासो गर्नुभयो । सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष गोल्यानले राष्ट्र बैंकले ल्याएको मौद्रिक परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्ने बताउनु भयो ।

उहाँले परिसंघले सोचेको जति अझ कसिलो मौद्रिक नीति नआएको बताउनु भयो । उहाँले मौद्रिक नीति निर्यातलाई अझ कडाइ गर्नुपर्ने बताउनु भयो । अध्यक्ष गोल्यानले मौद्रिक नीतिका धेरै राम्रा पक्षहरु रहेको भन्दै बैंक कर्जा बिस्तारलाई कसिलो बनाउनुको विकल्प पनि नभएको बताउनु भयो ।

उहाँले चालु आर्थिक वर्षमा रेमिट्यान्स र वैदेशिक लगानी आउन सकेन भने १२ प्रतिशतको कर्जा बिस्तार लक्ष्य पनि पूरा हुन नसक्ने दाबी गर्नुभयो । उहाँले गत वर्ष १९ प्रतिशत कर्जा बिस्तारको लक्ष्य राखेपनि पूरा नभएको भन्दै यो वर्ष पनि त्यही अवस्था देखिएको बताउनु भयो । उहाँले उत्पादनशील उद्योग र अन्य उद्योगमा फरक ब्याजदर व्यवस्था गर्नु राम्रो देखिएपनि यो व्यवस्थाले बैंकलाई भार थप्ने देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘बैंक तथा वित्तीय परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्छ । तर केही नीतिहरु परिवर्तन योग्य रहेका छन् । अहिलेको अर्थतन्त्रको अवस्थालाई हेर्दा मौद्रिक नीति राम्रो रहेको छ । अहिलको मौद्रिक नीतिका राम्रा पक्ष उद्योग र उत्पादशील क्षेत्रमा लगानी गर्नुपर्छ भन्नेछ । त्यो राम्रो पक्ष हो । त्यस्तै रेमिट्यान्स बढाउने नीतिमा आएको छ त्यो पनि राम्रो हो । कर्जामा कसिलो आउने भन्दा विकल्प नै छैन । कर्जा १२ प्रतिशत भनेको छ । १२ प्रतिशत पनि यदि रेमिट्यान्स बढेन र वैदेशिक लगानी आएन भने नपुग्न पनि सक्छ । कर्जा लगानी उत्पादशील क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तीय परिसंघको माग पनि रहेको थियो । त्यो स्वागतयोग्य छ ।

अब निर्देशिकाहरु आउन बाँकी नै छ । उत्पादशील उद्योग र अन्य उद्योगमा फरक ब्याजदर गर्ने नीति आएको छ । तर मौद्रिक नीतिले सबै बैंकलाई भार थपेको जस्तो भान भएको छ । २ करोडसम्मको कर्जामा २ प्रतिशत मात्रै दिने भन्ने कुरा आएको छ त्यो भन्दा ठूलाको लागि केही छैन । ठूलाको लागि आएको जस्तो देखिनँ । अर्को एलसी मार्जिनमा अन्य थप वस्तुमा कडाइ गर्ने नीति आउनुपर्ने थियो । यो टे«डिङलाई अहिलेको भन्दा पनि कसिलो बनाउने नीति आउँछ भन्ने सोचेका थियौं । तर आएन । त्यसमा राष्ट्र बैंक चुकेको छ । त्यो निर्देशिकामा आउँदा के हुन्छ । परिर्वतन गर्ने भनेको छ । त्यसमा दुबै हुनसक्छ । घटाउँदै वा बढाउँदै जाने दुवै अर्थ लाग्नसक्छ । तर समग्रमा मौद्रिक नीति राम्रो रहेको छ । अझ कसिलो आउनुपर्ने थियो ।

बैंकको ब्यादर ७ प्रतिशत बाट ८.५ प्रतिशत बनाएको छ । अर्कोतिर सिआरआरको पैसा १ प्रतिशतबाट थप गरेर ४ प्रतिशत बनाएको छ । त्यसले ब्याजबिना राष्ट्र बैंकमा पैसा थुप्रिने भयो । त्यसले गर्दा बैंकको लागत बढायो । यसले बैंकको नाफा घट्छ । आरोही नै १० प्रतिशतमा पुगेको छ । यो भन्दा तल गयो भने बैंकिङ क्षेत्र संकटमा पर्छ । बैंकको शेयरहोल्डर र लगानीकर्ताहरुलाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्छ । अब आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था देख्दिनँ ।

अहिले हामीले नाफामुखी नभएर देश निर्माणको लागि काम गर्न बैंकहरु तयार छन् । उत्पादनशील क्षेत्रको कुरा आफ्नो ठाउँमा छ । तर यो उद्योगी व्यवसायीहरुका छातासंगठनहरुले बारम्बार उद्योग र व्यापारलाई जोडेर नीतिगत कुरा गर्छन् । त्यो नै मिलेको छैन । आयातमा जति भन्यो त्यति लागत बढाएको छ । अहिले २० जना कर्मचारी राखेर आयात गर्ने कम्पनीले ३ देखि ४ अर्बको नाफा गरेको छ भने एउटा बैंकले २ हजार कर्मचारी र अर्बौं लगानी गरेर उसले ३ देखि ४ अर्बको नाफा गर्नुमा के फरक छ । त्यसमा कति पँुजी लगानी भएको छ । अब त्यस्ता कम्पनीहरु पब्लिक लिमिटेड बन्नुपर्छ ।’

अध्यक्ष गोल्यानले मौद्रिक नीतिमा १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य पूरा गर्न बैंकहरु राष्ट्र बैंकसँग हातेमालो गर्न तयार रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु जोगाएर नीति ल्याउन चुकेको टिप्पणी गर्नुभयो । गोल्यानले शेयर बजारका लगानीकर्ता अब सकारात्मक हुनु पर्ने बताउनु भयो । उहाँले शेयर धितो कर्जामा लगाईको १२ करोडको सीमा साना लगानीकर्ताको लागि राम्रो भएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले ल्याउने शेयरकर्जा नीति प्रोमोटर शेयर होल्डरहरुलाई बढी ताकेता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राष्ट्र बैंकले निजी क्षेत्रमा कर्जा विस्तार १२ प्रतिशतको लक्ष्य लिएको छ । त्यसमा हामी सहमत छौँ । हामी हातेमालो गर्न तयार छौं । त्यसको लागि कति कसिलो नीति लिन्छ राम्रो हो । बैंकहरु त्यसमा खुशी छौं । बैंकको नाफा घट्दै जाने देखियो त्यो मिलेको छैन । बैंकहरुलाई हरेक तिरबाट कडाई गदै गयो भने अलि समस्याग्रस्त हुनसक्छ । तर मौद्रिक नीति कसिलो ल्याउनु अहिलेको आवश्यकता थियो । मैले भनेको गलत अर्थ नलागोस् तर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था जोगाएर नीति ल्याउने कुरामा चुकेको छ । शेयर बजारमा सकारात्मक देखिनुपर्छ । त्यो आईतवारदेखि देखिएको छ । मल्टिपल बैंकसँग कारोबार गर्दा समस्या भयो ।

साना लगानीकर्ताको लागि १२ करोड धेरै ठूलो रकम हो । साना लगानीकर्ताको लागि पुग्छ । उहाँहरुले बुझ्न सक्नुपर्छ । जसरी ४ करोड हटेको छ । अब बिस्तारै १२ करोड पनि हट्ने देखाउँछ । तर शेयर नीतिमा प्रमोटर शेयर होल्डरलाई ताकेता गरिएको छ । पछिल्लो समय घरजग्गा कर्जा एकदमै बढेको छ त्यसलाई कडाई गर्नुपर्ने आवश्यकता थियो । घरजग्गा कारोबारको लागि कर्जा नजाओस् भन्ने हो । अपार्टमेण्ट वा हाउजीङको लागि कर्जा जानुपर्छ । त्यो उत्पादन क्षेत्र नै हो । तर जग्गा किनबेच गर्नको लागि कर्जा जानु हुँदैन । अन्य देशमा जग्गा किन्नको लागि कर्जा नै दिँदैन ।’

अध्यक्ष गोल्यानले घरजग्गा कारोबारको लागि कर्जामा कसिलो बनाउनु सकारात्मक रहेको बताउनु भयो । उहाँले घर जग्गा किनबेचको लागि बैंकहरुबाट कर्जा जानु नहुने बताउनु भयो । गोल्यानले मौद्रिक नीतिले निर्यातलाई प्रोत्साहन दिएर नीति ल्याएता पनि सरकारको नीति निर्यात मैत्री नभएर आयात मैत्री रहेको बताउनु भयो ।

नोटः यो समाचार हामीले बाइट लिएर बनाएका हौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ धन्यवाद ।