• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत ★   प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन ★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल ★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

‘सिमसिमे पानी’ विवादः प्रेमराजा महतले गीत अतिक्रमण गरेको रेखा शाहको आरोप



काठमाडौं । गायिका रेखा शाहले चर्चित गीत ‘सिमसिमे पानी’ गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएकी छन् ।

उनले निवेदनमा गायक प्रेमराजा महतमा गीतको अधिकार नभएको र मौलिक सर्जक आफू भएको उल्लेख गरेकी छन् । गायक तथा सरकारका महावाणिज्यदूत समेत रहेका महतले एकलौटी रुपमा गीतको अतिक्रमण गरेको आरोप शाहको छ ।

आइतबार फेसबुक लाइभमा आएर गायिका शाहले उक्त गीत काठमाडौंमा आएर रेडियो नेपालमा गाएको पहिलो गीत रहेको र त्यही गीत गाएर प्रतियोगितामा प्रथम भएको उल्लेख गरेकी छन् ।

‘एल्बम बजारमा आयो, त्यो एल्बम प्रेमराजा महतको नाममा मात्र थियो । सहमति के रैछ भने, म्युजिक नेपाल र प्रेमराजा महतबीच मात्र कपिराइट रैछ । त्यो थाहा पाएपछि म सक्ड भएँ ।’ उनले लाइभमा भनिन् ‘उहाँले आफ्ना आमाबुवामाथि क्यासेट समर्पित गर्नुभएको रैछ । ममाथि न्याय भएन भनेर मलाई त्यतिबेलै महसुस भएको हो । संगीतमा सिनियरबाट संस्कार हुन्छ भन्ने सुनेको थिएँ ।’

असार ४ गते शाहले लिखित रुपमा म्युजिक नेपालसँग निवेदन दिँदै गीतको सबै किसिमको इतिहास आफूलाई चाहियो भनेर माग गरेको शाहले बताइन् । उक्त एल्बम आजसम्म जति बिक्रि भयो त्यसको कत्ति पनि पारिश्रमिक नपाएको उनको आरोप छ ।

यस्तै, उनले अन्तमा भनिन् ‘सिमसिमे पानीमा रेखा शाहको हो भन्ने थाहा थिएन, उहाँहरुले बुझ्नु जरुरी छ । इतिहास बोकेको कुरामा सबैले जान्नुपर्छ भन्ने मलाई लाग्छ ।’