• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   समिति सभापतिसहित सांसदहरुमा समयमा उपस्थित नहुँदा स्थगित भयो अन्तर्राष्ट्रिय समितिको बैठक ★   प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता ★   बिश्वभर छरिएर रहेका नेपालीलाई कुनै न कुनै रुपमा नेपालसंग जोड्नु पर्छ: उपराष्ट्रपति यादव ★   प्रभु बैंकको ३०२ औं शाखा नयाँगाउँमा सञ्चालन ★   भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय ★   सहकारी प्रकरणमा काग्रेस नेता शिवाकोटीको दाहाल र ओलीलाई प्रश्न ★   भारतको काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता ★   धादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइतेको मृत्यु ★   यातायात व्यवसायी राष्ट्रिय महासंघ यातायातमा सिण्डिकेटको पक्षमा छैन: अध्यक्ष स्वाँर ★   विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन: मन्त्री श्रेष्ठ

मनाङमा जडीबुटी सङ्कलनबाट ४० लाख राजस्व सङ्कलन



फाईल फोटो

मनाङ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जङ्गली जडीबुटी सङ्कलनबाट रु ४० हजार १६ हजार ६४ राजस्व सङ्कलन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र काठ बिक्रीबाट पनि उक्त राजस्व सङ्कलन भएको हो ।

सो आवमा जिम्बु सङ्कलनबाट रु ३९ हजार ९८, वन लसुनबाट रु ३४ हजार ५१२, गुची च्याउबाट रु १७ हजार २३३, निगालोबाट २२१, यार्सागुम्बाबाट रु ३६ लाख २९ हजार ५०१ र टिम्बरबाट रु दुई लाख ९५ हजार ४९९ राजस्व सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० फिस, यार्सागुम्बा १०७.०५२ किलोग्राम, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । गत वर्ष कोभिड– १९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएको थियो । गतवर्षको तुलनामा यस वर्ष भने सहज भएकाले राजस्वमा पनि वृद्धि भएको गौतमले बताउनुभयो । कुनै पनि रोगको सङ्क्रमण नहुँदा सहज रुपमा मनाङ बाहेक अर्को जिल्लाबाट जडीबुटी सङ्कलनमा आउनेको सङ्ख्या बढेपछि राजस्वमा वृद्धि भएको हो ।

गत आर्थिक वर्ष मनाङमा ४०.५ किलोग्राम जडीबुटी सङ्कलनबाट रु १३ लाख ९७ हजार २५० राजस्व सङ्कलन भएको थियो । सङ्कलित राजस्व सङ्घीय सरकारअन्तर्गत वित्तीय आयोगमा पठाइनेछ । वित्तीय आयोगले ५० प्रतिशत सङ्घ सरकारमा राखी प्रदेश सरकार र स्थानीय सरकारमा २५÷२५ प्रतिशत राजस्व पठाइने प्रावधान रहेको गौतमले बताउनुभयो ।

जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको उहाँले बताउनुभयो । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्कर लगायतका स्थानबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् ।

नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छन् । ठेकेदारले जङ्गली जडीबुटी सङ्कलनका लागि ठेक्का लिने र बाहिरबाट सङ्कलनकर्ता ल्याएर टिपिने गरिन्छ । ठेकेदारले कममा रु ३० हजारदेखि ४० हजारसम्म पूर्जी काटेर ठेक्का लिने गरेका गर्दछन् । करिब दुई महिना खर्कमा बसेर जङ्गली जडीबुटी सङ्कलन गर्ने गर्दछन् ।