• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने ★   स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ★   ९२ हजार विस्थापितका घर बन्नै बाँकी ★   बोलेरो गाडी र मोटरसाइकल जुध्दा झापामा तीन जनाको मृत्यु ★   हिमाल पारीको जिल्ला मुस्ताङको सौन्दर्य (फोटो फिचर) ★   लगानी सम्मेलनमा ५२ देशका ६३४ जना आउने निश्चित ★   डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप, वन्यजन्तु गाउँ पसे ★   दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता हुँदै ★   चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ ★   स्टोइनिसको आईपीएल करिअरको पहिलो शतकमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो

लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या आरोपित जेल चलान



काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या आरोपित सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका खिलबहादुर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सरकारी वकिलले दर्ता गराएको मुद्दामा आइतवार काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई पुर्पक्षका लागि केन्द्रीय कारागारमा पठाउने आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतको आदेशमा श्रेष्ठ आज सोमवार केन्द्रीय कारागार चलान भएका हुन् । सुनारको शव गएको असार ११ गते काठमाडौंको तारेश्वर नगरपालिका नेपालटारको आफ्नै कोठामा भेटिएको थियो ।

अनुसन्धान गर्दै जाँदा सुनारको घाँटीमा डाम देखिएपछि प्रहरीले हत्या भएको आशङ्कामा सम्भावित आरोपीको खोजी गरेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा सुनारको श्रीमान् भन्दै सात/आठ महिनादेखि उनीसँगै बस्ने सिन्धुपाल्चोकका खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

श्रेष्ठले असार १० गते बेलुका ८ बजे सुनारको कोठामा गएर ११ गते बिहान ४ बजे सुनारको हत्या गरेर भागेको बयान दिएको र अन्य प्रमाणका आधारमा प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाएको थियो ।