• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ? ★   एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु ★   महिला टोलीका ६ जनाले मलेसिया सुपर वुमन्स कप खेल्ने ★   संसद् जनताप्रति उत्तरदायी हुनुपर्छः नारायणदत्त भट्ट ★   चेन्नई र लखनउका दुबै कप्तानलाई १२–१२ लाख जरिवाना ★   धोनी आईपीएलमा ५ हजार रन बनाउने पहिलो विकेटकिपर ★   सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)

तीनकुने र गैह्रीगाउँका चिनियाँ कल सेन्टरमा प्रहरीद्वारा छापा



काठमाडौँ । काठमाडौंको तीनकुने र गैह्रीगाउँका तीन ठाउँमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले सो स्थानमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।

अहिले प्रहरी टोली कल सेन्टरमै रहेको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । २०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।