• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

काईनेटिक ढुङ्गा जस्तो देखिने वस्तु सहित पक्राउ



सांकेतिक तस्बिर

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलबाट १६ क्विन्टल ९१ किलो ७ सय ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा) जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दिपक बहादुर बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा काईनेटिक ढुङ्गाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले अवैध उत्खनन गरी दिपकको घरमा लुकाई छिपाई राखिएको उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ ।