• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   कतारका राजा काठमाडौँमा, राष्ट्रपतिबाट स्वागत ★   कतारका राजा काठमाडौँमा ★   ६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ★   नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन: मन्त्री भण्डारी ★   रिसाएकी पत्नीलाई कसरी फकाउने ? ★   हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा ★   कतारका राजालाई स्वागत गर्दै लिङ्देनको प्रतिक्रिया – ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ ★   सरकारले व्यवसायीको हकहतिमा काम गर्नुपर्छ : सांसद डा शर्मा ★   राजस्थान रोयल्ससँगको लज्जास्पद हारपछि के भने हार्दिक पाण्ड्याले ? ★   ‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’

नक्कली आमा खडा गरेर आमाको नामबाट पाउने नागरिकता व्यवस्थाको दुरुपयोग हुनसक्ने: खिमलाल देवकोटा (भिडियो)



काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताउनु भयो । यद्यपी सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उहाँले आशंका व्यक्त गर्नुभयो । लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘आमाको नामबाट पनि वंशजको नागरिकता पाउने व्यवस्था गरेको छ । यो पक्षपनि सकारात्मक छ । यहाँनिर के समस्या हुनसक्छ भन्ने मेरो अनुमान छ, जस्तो लोभ, लालच देखाएर वा धम्क्याएर, नक्कली आमा खडा गरिन्छ कि भन्ने चिन्ता पनि हामीले जायर गर्नुपर्छ । अनुमान गर्नुपर्छ । बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ । स्वघोषणा गर्नुपर्ने विषय महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान गरियो भन्ने मेरो ठम्याई छ ।’

राष्ट्रिय सभा सदस्य देवकोटाले वैवाहिक अंगिकृतको सम्बन्धमा एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आएको टिप्पणी गर्नुभयो । उहाँले ७ वर्षे प्रावधान हटाउनु नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘यहाँनेर हामीले एउटा हातले सिन्दुर लगाउने अर्को हातले नागरिकता दिने गरी विधेयक आएको छ । राज्य व्यवस्था समितिले ७ वर्ष लगाएर २०७७ असार ७ मा दिएको सात वर्षको प्रावधान थियो त्यसलाई जस्ताको तस्तै राख्नुपथ्र्यो । हामीकहाँ गरिबी पनि छ । रोजगारीको समस्या पनि छ । गरिबी र लोभ लालचको कारणले धर्म परिवर्तन पनि गरीएको अवस्था छ । नागरिकताको लागि पनि मानिसहरु लोभ, लालचमा परेर कतिपय प्रभावित हुने हो कि भन्ने चिन्ता हुनसक्छ ।’

उहाँले नेपालमा गरिबी र रोजगारीको समस्या भएका कारण लोभ, लालचमा परेर नागरिकता वितरण हुनेतर्फ सचेत गराउनु भयो ।