• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल ★   आफ्नै श्रीमान् रेशमले हालेको मुद्दाले रञ्जितालाई तनाव ★   एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, प्रविधिमैत्री बनाइँदै ★   सगरमाथा आरोहणका लागि ३ सय ५२ ले लिए अनुमति ★   सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीलाई सफाइ ★   लखनउले चेन्नईलाई आठ विकेटले हरायो ★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा

नागरिकता विधेयक राष्ट्रियसभामा टेबुल



काठमाडौँ । राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ टेबुल भएको छ ।

सोमवार बसेको राष्ट्रियसभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सभा समक्ष टेबुल गर्नुभएको हो ।  त्यस्तै उहाँले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७५ का सम्बन्धमा प्रतिनिधि सभाबाट आएको सन्देश सभा समक्ष जानकारी गराउनु भयो ।

त्यस्तै बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाई विधेयक २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव पेश गर्नुभएको छ ।