• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३३ हजार ७९७ पुग्यो ★   दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए ★   मधेशका मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत लिँदै ★   ३ वटामात्रै विधेयक पारित गरेर सकियो संसदको हिउँदे अधिवेशन, २४ विधेयक संसदमै ★   आज चैतेदसैँ: बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो ★   जात्रामा सहभागी हुन मेयर बालेन्द्र शाहको निम्तो ★   माधव नेपालको असन्तुष्टि अन्त्य गर्न खनाल अस्त्रको प्रयोग ! ★   ७ वटा संसदीय समितिको बैठक बस्दै ★   आज चैते दशैं पर्व मनाइँदै ★   मधेशका मुख्यमन्त्रीले १५ महिनामा आज चौथो पटक विश्वासको मत लिँदै

दुई लाख केजी अवैध सुपारीसहित भारतीय आठवटा ट्रक नियन्त्रणमा



बिराटनगर । विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नंका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले आज साँझ जारी गर्नुभएको जानकारीअनुसार बिहीबार राति १०ः३० बजे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा सुपारी बोकेको ती भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।

यसरी नियन्त्रणमा लिएका एमपी ०९ एचजी ८३२०, एमपी २२ एचआई ०३१, युपी ५० बिटी ७२७७, युपि ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८, युपी ६२ सिटी ०६२७ र युपी ४५ टिआई ६२४ नंका ट्रकबाट दुई लाख १९ हजार ५९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो ।

अवैध सुपारीसहित नियन्त्रणका लिएका आठवटा ट्रकहरुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ । रासस