• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा ज्यान गुमाउने ३ जनाकै सनाखत



भक्तपुर । भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा ज्यान गुमाएका तीन जनाकै परिचय खुलेको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा आज दिउँसो रुख ढलेर बस र स्कुटी च्यापिँदा भक्तपुर २ बस्ने २५ वर्षका विशेष खर्बुजा, चागुँनारायण नगरपालिका २ का ५५ वर्षका न्हुँच्छेराम बखत्यो र सर्लाहीको हरिवन नगरपालिका ४ का ४५ वर्षका राजकुमार भुजेलको मृत्यु भएको हो ।

भुजेल स्कुटरमा सवार थिए भने बाँकी दुई जना गाडीमा थिए । यस्तै घाइतेहरुको भक्तपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

रुख ढलेपछि सडक केही बेर बन्द भएको थियो । क्रेन लगाएर रूख र बसलाई हटाएपछि अहिले सवारी चल्न थालेका छन् ।

सम्बन्धित समाचार: अपडेटः भक्तपुरमा बस र स्कुटरमाथि रुख ढल्दा तीन जनाको मृत्यु