• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलको १६ औं वार्षिकोत्सवः पहिलो छक्का कसले हिर्काएका थिए ? ★   आर्मीले जित्यो कालिका कप राष्ट्रिय भलिबलको उपाधि ★   एमालेबाट चार मन्त्री थपेर लुम्बिनी प्रदेशमा सरकार विस्तार ★   सलमान खान गोली प्रकरणका अर्का संदिग्ध पक्राउ परे ★   अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि ★   अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी ★   “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का ★   आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै ★   जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद ★   धोनीले अर्को वर्षको आईपीएल पनि खेल्न सक्नेछन् !

मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग



काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद रामबाबु कुमार यादवले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले खेतीको समयमा पानी नपरेर मधेस प्रदेशका किसानहरु समस्यामा परेको बताउनु भयो । उहाँले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभयो । उहाँले बन्द रहेका नहरहरु सञ्चालन गर्न, बन्द भएका डिप ट्वीवेलहरुमा मोटर जडान गरी सञ्चालन गर्न र विद्युतको जडान गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले किसानलाई विद्युत पूर्ण रुपमा छुट गराउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘सरकारलाई रुलिङ होस् आजैका दिनदेखि बन्द भएका नहरहरु, बन्द भएका डिप ट्वीवेलहरु जसमा मोटर जडान गर्न बाँकी छ मोटर जडान गरोस् । विद्युतको काम बाँकी छ, विद्युत जडान गरोस् तर आजैदेखि सिचाइँमा जाओस् । मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरियोस् । त्यहाँको किसानको राहतको लागि प्याकेज लिएर आओस् । विद्युत पूर्ण रुपले छुट गरियोस् । प्रत्येक किसानलाई प्रतिविगाह १० हजारका दरले सिचाइँ गर्न, बिउ जोगाउनका लागि, धानको बेर्ना जोगाउनको लागि सरकारले राहत प्याकेज लिएर जाओस् यो माग गर्न चाहन्छु ।’

उहाँले बैंकले कृषिमा लगानी बन्द गरेको भन्दै यसले किसानहरु मारमा परेको बताउनु भयो । सांसद यादवले किसानलाई प्रतिविगाहा १० हजारका दरले राहत दिनुपर्ने बताउनु भयो ।